Home / Feature Breaking news / शिक्षाक्षेत्रको विकासका लागी निजी स्कुलहरुको भूमिका महत्वपुर्णः कोमल वली

शिक्षाक्षेत्रको विकासका लागी निजी स्कुलहरुको भूमिका महत्वपुर्णः कोमल वली

विमल गौतम

तुलसीपुर, ६ माघ

राष्ट्रीय सभा सदस्य कोमल वलीले स्वास्थ्यका लागी खेलकुद आवश्यक रहेको बताउनु भएको छ । राष्ट्रीय निजि तथा आवासीय विद्यालय एसोसीयसन नेपाल एन प्याव्सन दाङको आयोजनामा दाङको तुलसीपुरमा शुक्रवारदेखि भएको ३ दिने बृहत खेलकुद प्रतियोगीताको समापन कार्यक्रमलाई  आइतवार तुलसीपुरमा सम्बोधन गर्दे उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,कुनै पनि मानव स्वस्थ रहन खेल अत्यन्तै जरुरी छ,खेलकुदले मानीसलाई धेरै अनुशासीत पनि  बनाउछ । उहाँले खेलकुदले अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने पनि बताउनुभयो । खेलकुदले हामीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउछ,यसमा कुनै भाषा चाहिदैन,बिना भाषा अन्तराष्ट्रिय स्तरमा झण्डा फहराउने हो,उहाँले भन्नुभयो ।

फरक प्रसंगमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी वलिले सस्थांगत विद्यालयहरुलाई सरकारले नियन्त्रणमा लिदैछ भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आएको कुरा झुठो रहेको दाबी गर्नुभयो । निजि क्षेत्रका विद्यालयहरुले राष्ट्रका लागी दिएको योगदानमा सरकारले कुनै कञ्जुसाई नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,–गुणस्तरीय शिक्षा प्रदान गरेर,गुणस्तरीय नागरीक निमार्ण गर्नका लागी लागेको योगदानलाई राष्ट्रले कदापी पनि भुल्ने छैन,तपाईहरु माथी अन्याय हुने छैन ।

यो वर्ष सबै भन्दा धेरै कानुन बनाउने वर्ष भएकाले त्यो कानुन बन्ने क्रममा निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानमा शिक्षा मन्त्रालयले अन्याय नगर्ने  उहाँले बताउनुभयो ।

उहाँले यसको लागी आफुले पनि आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । शिक्षालाई कसरी सर्वसुलभ बनाउने भन्ने विषयमा सरकार चिन्तीत रहेको पनि उहाँले बताउनुभयो । साथै उहाँले निजि क्षेत्रको सहभागीता विना सरकार कुनै पनि काममा अगाडी नबढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा एन प्याव्सन प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डागीँले पछिल्लो सयम सरकारले निजी विद्यालयहरुको १० वर्षे आयु तोकेको प्रति असन्तुष्टी व्यक्त गर्नुभयो । निजी क्षेत्रले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै उहाँले लाखौ बालबालिकाको भविष्य प्रति सरकारले खेलवाड गर्न खोजेको बताउनुभयो ।

उहाँले  सरकारका मन्त्रीहरुको अभिव्यक्तीबाट बालबालिकामा पर्न जाने नकारात्मक सन्देशको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताउनुभयो ।

राष्ट्र्रीय निजि तथा आवासीय विद्यालय एसोसीयसन एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुधन केसीले मुलुकको शिक्षालाई यहाँसम्म ल्याउन प्याव्सन र ऐन प्यावसनले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो ।

साथै उहाँले सस्थाँगत विद्यालयहरुको आयु कम छ,टिक्दैनन् भन्ने हल्ला भ्रम रहेको पनि बताउनुभयो । एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बिमल गौतमको स्वागत मन्तब्य बाट शुरु भएको समापन कार्यक्रममा धन्यबाद मन्तव्य उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो भने संचालन सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थियो ।

तिन दिने बृहत खेलकुद प्रतियोगीतामा नृत्य,फुटशल,झाकी जुलुस,हिसाव दौड,१ सय र २ सय मिटर छात्र छात्रा दौड प्रतियोगीता सम्पन्न भएका थिए ।

जसमध्ये नृत्य तर्फ डिभाइन टेम्पल एकाडेमी प्रथम,राप्ती बाल एकाडेमी दितिय,श्रीगाउँ लाइफ भिजन तृतिय र सम्राट इङलिस बोडिङ् स्कुल सान्तोना भएका थिए भने झाकि जुलुस तर्फ श्रीगाउँ लाईफ भिजन स्कुल प्रथम , डिभाईन टेम्पल द्धितिय , सम्राट ईगलिश स्कुल तृतिय र राप्ति बाल एकाडेमि सान्तोना भएको थिए ।

त्यस्तै फुटसल तर्फ, सगरमाथा बोडीङ स्कुल प्रथम , ज्ञानज्याती मावी द्धितिय , जनप्रिय ईगलिश स्कुल तृतिय र लोकप्रिय बिद्या मन्दिर सान्तोना भएका थिए ।

त्यसैगरि एक सय मिटर छात्र दौड प्रतियोगितामा लोकप्रिय बिद्यामन्दिरका कृष्ण रावत प्रथम , ज्ञानज्योति माविका हरि वुढा मगर द्धितिय , जनप्रियका हेमराज केसि तृतिय र मिडवेष्ट प्वाईन्ट एकेडेमिका शिवराज डागि सान्तोना भएका थिए भने छात्र एक सय मिटर दौाड प्रतियोगितामा मिडवेष्ट प्वाईन्टका मोनिका विष्ट प्रथम , शिखा सेकेन्डरि स्कुलका सुष्मा डागि द्धितिय , लोकप्रियका जानकि रेउले तृतिय र सम्राट ईगलिश स्कुलका चाहना जैसवाल सान्तोना भएका थिए ।

त्यसैगरि दुई सय मिटर छात्र दौडमा शारदा बिद्या मन्दिरका रन्जीत नेपाली प्रथम ,लोकप्रियका राम कृष्ण वुढाथोकि द्धितिय , राप्तिबाल एकाडेमिका सागर विक तृतिय र वालसहारा ईगलिश स्कुलका विरजन शेर्पाईलि सान्तोना भएका थिए भने दूइ सय मिटर छात्रा तर्फ मिडवेष्ट प्वाईन्टका अञ्जना वुढाथोकि प्रथम ,ज्ञानज्योति माविका प्रतिक्षा भण्डारि द्धितिय , राप्तिबाल एकाडेमिका सुस्मीता भुसाल तृतिय र शिखा स्कुलका सुष्मा भुसाल सान्तोना हुन सफल भएका थिए ।

त्यसैगरि हिसाव दौड प्रतियोगिता तर्फ हिमालय स्कुलका विमला न्यौपाने प्रथम , लोकप्रियका आभाष आचार्य द्धितिय , हाईलाईटका गिरिराज केसी तृतिय र श्रीगाउँ लाईफ भिजनका शान्ति चौधरि सान्तोना भएका थिए ।

एन प्याव्सन दाङमा आवद्ध भएका जिल्लाका दुई दर्जन वढि स्कुलहरुको सहभागिता रहेको वृहत खेलकुद प्रतियोगिताका बिजयी खेलाडिहरुलाई ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*