Home / Feature Breaking news / दाङमा मितज्यू नेप्कीन उद्योग

दाङमा मितज्यू नेप्कीन उद्योग

दाङ । दाङको घोराहीमा जिल्ला मै पहिलो पटक नेप्कीन उद्योग सञ्चालन आएको छ । दुई युवाहरु मिलेर घोराही १५ मा मितज्यु नेप्कीन उद्योग सञ्चालनमा ल्याएका हुन ।
जिल्लामा यस प्रकारको उद्योग नभएकाले आफुहरुले नेप्कीन उद्योग सञ्चालनमा ल्याएको सञ्चालक श्रीधर भुसालले जानकारी दिए । उनले यस प्रकारको उद्योग साविक राप्तीका कुनै पनि जिल्लामा नरहेको दावी गरे । ‘हामी अरुले गरेको काम भन्दा फरक गर्ने सोच राखेर यस प्रकारको उद्योग स्थापना गरेका छौ’ भुसालले भने । रोजगारको लागि वाहिर जानु भन्दा आफनै स्थानमा केही गर्नु पर्दछ भन्ने सोेच राखेर आफुहरुले उद्योग स्थापना गरेको बताए ।

जिल्लामा नेप्कीन उद्योग नहुदा जिल्लामा आवस्यक पर्ने नेप्कीन वाहिरवाट ल्याउनु पर्ने वाध्यता रहेको थियो । यसले गर्दा जिल्लाको रकम समेत वाहिर जाने गरेको सञ्चालक भुसालको भनाइ रहेको छ । वाहिर वाट नेप्की किन्नु भन्दा सस्तो मुल्यमा जिल्ला वासीहरुले प्राप्त गर्ने सक्ने भएका छन् ।

उद्योग वाट दैनिक ५ हजार पोका नेप्कीन उत्पादन गर्ने सकिने अर्का सञ्चालक रामचन्द्र नेपालले बताए । भरखरै स्थापना भएकाले अहिले थोरै उत्पादन गरेको बताए । ‘नेप्कीनको माग अनुसार हामीले आफनो उत्पादन गर्ने छौ’ नेपालले भने । अहिले घोराहीमा वजारहरुमा नेप्कीनको माग दैनिक रुपमा वढदै गएको समेत उनको भनाइ रहेको छ ।

‘जिल्लामा यस प्रकारको नया व्यवसाय भएकाले २ जना मिलेर सुरु गरेका हौ’ नेपालले भने । आफुहरुले उत्पादन जिल्लाका साथै साविक राप्तीका रोल्पा, प्युठान, रुकुम, सल्यान, नेपालगञ्ज, वुटवल लगाएतका स्थान सम्म पु¥याउने लक्ष्य रहेको बताए । उनीहरुले सुरुका दिनमा जिल्ला लाइ आवस्यक पर्ने नेप्कीन वाहिर वाट ल्याउन नपर्ने लक्ष्यका साथ अगाडि वढेको उनको भनाइ छ । नेप्कीनका लागि आवस्यक पर्ने कच्चा जिल्ला वाहिरवाट ल्याउने गरेको नेपालले बताए । आवस्यक पर्ने कच्चा पदार्थकाठमाडौ, पोखरावाट ल्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*