Home / Feature Breaking news / साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण

साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण

राप्ती सन्देश समाचारदाता
दाङ,१९ साउन । घोराहीका साइनबोर्ड लेख्ने ब्यवसायीलाई भाषा शुद्धिकरण प्रशिक्षण दिइएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालय र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यो अभियानलाई स्थानीय सरकारले चासोका साथ हेरेको बताए । सवै क्षेत्रमा भाषामा सुधार ल्याउनुपर्ने पनि उनको भनाई थियो ।
कार्यक्रमबारे जानकारी दिंदै पुस्तकालयको भाषा शुद्धिकरण उपसमितिका संयोजक पद्मप्रसाद शर्माले नेपाली भाषामा लेख्ने र बोलिने भाषामा फरक आउन थालेकाले एकरुपता ल्याउन जागरणमूलक अभियान थालिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले पत्रकारिता क्षेत्रमा भाषा शुद्धिकरण आवश्यक रहेकाले यो अभियानमा सञ्चार क्षेत्रको सहयोग रहने बताए ।
पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सुदीप गौतमले गरेका थिए दाङ उवासंघका अध्यक्ष भुसालले स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाली बिषयका उपप्रध्यापकहरु टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी, चन्द्रबहादुर थापा र सुनिल पोख्रेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा घोराही क्षेत्रका १५ जना साइनबोर्ड लेख्ने ब्यवसायीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*