Home / Feature Breaking news / असारे विकासको बैंस….

असारे विकासको बैंस….

दाङ, २९ असार । ‘घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत डिके पेट्रोल पम्प नेरको सडकमा हिलाम्य अर्थात धान रोप्नका लागि खेत तयारी गरे जस्तै अवस्थामा छ, अव विउ फाल्न मात्रैं बांकी छ’, व्याडलाइ संरक्षण गर्न प्रहरीले डिके पेट्रोल पम्पदेखि पत्रकार महासंघ हुंदै तुलसीपुर चौक निस्कने बैकल्पिक बाटो खोलेको छ’—स्थानियबासी सर्मिला चौधरीले भनिन्, निर्लज्ज सरकारको असारे विकास थालेको छ । प्रधानमन्त्री केपी ओलीले काठमाण्डौलगाएत देशभरका सडकका खाल्टाखुल्टी पुर्न विभागिय मन्त्रीलाई निर्देशन दिंदै गर्दा दाङको घोराहीकै मुख्य स्थानकै सडक गाडीहरु गुड्न नसक्ने अवस्थामा पुगेको छ । घोराही—तुलसीपुर जोड्ने सडकमा भने असारे विकासको बैंस सुरु भएको छ । खाल्टा पुर्ने होइन, सडकमा खाडाल बनाएर हिलाम्मे बनाउने काम सुरु भएको छ ।

विकास निर्माणमा सरकारी कार्यालयहरुका विचमा समन्वय नहुदा घोराही तुलसीपुर सडक खण्डको तुलसीपुर चोकदेखि डिके पेट्रोल पम्मसम्मको फोरलेन सडक विस्तार कछुवाको गतिमा छ । समयमै सडक विस्तारको काम नहुदा अहिले उक्त सडकमा हिड्नै समस्या भएको छ । हिलाम्ये सडकका कारण दिनहु गाडी फस्नेदेखि सर्वसाधरणलाई उक्त सडक भएर हिडडुल गर्न समस्या भएको स्थानीयको भनाई छ ।
सडक विस्तारका लागि राज्यले समयमा बजेट नदिदा सडक विस्तारमा समस्या भएको निर्माण व्यवसायीले बताउदै आएको छ । तर सडक विस्तारमा निर्माण पक्षको लापरवाही देखिन्छ । समयमका काम नगर्ने तर आर्थिक बर्ष सकिन लाग्दै गर्दा सडक खन्दीएपछि अहिले सडकमा हिड्नै समस्या भएको स्थानीयको गुनासो छ । सुरुमा काम नगर्ने तर आर्थिक बर्षको अन्तीमतिर काम गर्ने ठेकेदारको प्रवृतिका कारण बर्सेनी घोराहीमै जनताले सास्ती बेहोर्नु परेको छ ।36961098_1564524596985880_8477343561933651968_n

 

सडक विस्तारका क्रममा ठेकेदारले भएको पक्की सडक भत्काएर गिट्टी हाल्न नपाउदै पानी परेपछि अहिले उक्त स्थान हिलाम्ये भएपछि त्यसलाइ स्थानियबासीले सडकमै रोपाइको जात्रा गर्ने सरकारको तयारी भन्दै व्यग समेत गरेका छन् । क्त रोडमा अहिले साना गाडी चल्न नसक्ने भएको चालक सुशील चौधरीले बताए । ‘समयमा काम नगर्ने तर बर्षा सुरु हुन लाग्दा काम गर्ने ठेकेदारका कारण जनतासँगै गाडीचालकहरुले समेत समस्या भोग्ने गरेका छौ’,चालक चौधरीले भने,‘तर सडक विस्तारमा लापरवार्ही गर्ने ठेकेदारहरुलाई राज्यले कारवार्ही गर्न सक्दैन ।’ उनका अनुसार अहिले दाङ निर्माण व्यवसायी संघका अगाडी गाडीहरु चलाउनै नसक्ने अवस्था भएको समेत बताए ।

तर सडक निर्माणको जिम्मा पाएको लुम्वीनी जलजला जेभी निर्माण सेवाले भने सरकारी कार्यालयकै कारण सडक विस्तारमा समस्या भएको बताउदै आएको छ । सडक विस्तारको काम गरिरहेको लुम्वीनी जलजला जेभी निर्माणका प्रतिनिधि केबी ओलीले राज्यकै कारण सडक विस्तारमा समस्या भएको बताउछन । सडक निर्माणको लागि आफुले निर्माण सामाग्री रेडी अवस्थामा रहेपनि सरकारी निकायका विचमा तालमेल भएर विद्युत र टेलिकम कार्यालयले पोल र खानेपानीले पाईप समयमै नहटाउदा सडक विस्तार हुन नसकेको बताए । ‘ सडक विस्तारको लागि हामीसँग ग्राभेलिङ सामाग्रीलगाएतका सडक पिचका लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु रेडी रुपमा स्टक राखेका छौ’,प्रतिनिधि ओलीले भने,‘पोल र खानेपानीको पाईप हटाईदिए हामीले सडक विस्तारको कामलाई अघि बढाउछौ ।’ राज्यले समयमै बजेट नदिदा विकास निर्माण केही समस्या भएको समेत उनले बताए ।
घोराहीको डागीभवनदेखि डिके पेट्रोलपम्म सम्मको करिव साडे तीन सय मिटर आर्थिक २०७३ ÷०७४ सम्झौता भएपनि अहिलेसम्म सडक विस्तारले पूर्णता पाउन सकेको छैन । सरकारी कार्यालयहरुले सडक क्षेत्रभित्र पर्ने विद्युत पोल, टेलिकमका पोल,खानेपानीका पाइप नहटाउदा सडक विस्तारमा समस्या भएको बताउदै आएको छ ।

यता सडक डिभिजन कार्यालयले भने सडक विस्तारमा समस्या देखिएका विद्युत तथा टेलिकमका पोलहरु हटाउन समवन्धीत निकायलाई आग्रह गरिएको बताएको छ । सडक निर्माणमा निर्माण पक्षसँगै विद्युत, टेलिकम र खानेपानीका पाइप सम्वन्धीत निकायले हटाउन ध्यान नदिदा सडक निर्माणमा समस्या देखिएको सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी दुर्गा गौतमले बताए । ‘निर्माण कम्पनीले सडक विस्तारका काम गर्दै गर्दा बर्षात भएकाले पनि सडक विस्तारमा समस्या उत्पन्न भएको हो’,सूचना अधिकारी गौतमले भने,‘विद्युत कार्यालय,टेलिकम कार्यालयलाई पोल हटाउन हिजो फेरी निर्देशन दिएका छौँ ।’ पोलहरु हटाए निर्माण पक्षलाई काम गर्न सहज हुने र ग्राभेल हाल्ने काम मात्र भैईदिएपनि सवारीसाधन तथा सर्वसाधारण जनताहरुलाई हिडडुल गर्न सहज हुने गौतमको भनाई छ ।

सडक विस्तारमा विद्युतले अवरोध गरेको छैन यादव

तर सडक विस्तारमा विद्युतका पोलहरुले अवरोध नगरेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मदुसुदन यादवले बताए । ‘सडक विस्तारमा विद्युतका पोलहरुले अवरोध गरेका छन, सडक डिभिजन कार्यालयले हटाईदिनुप¥यो भनेपछि कार्यालयले विद्युत पोलहरु सारिसकेको छ’, कार्यालय प्रमुख यादवले भने, ‘त्यसैले अहिले सडक विस्तारमा विद्युत पोलको समस्या छैन ।’ टेलिकमले तार र पोल नहटाउदा विद्युतका २ ÷४ वटा पोलहरु भने सडकमा रहेको भन्दै उनले ती पोलहरु पनि १;्÷२ दिनमै हटाईदिने बताए ।

त्यसका लागि सडक डिभिजन कार्यालयले आफुहरुलाई आग्रह गर्नुपर्ने कार्यालय प्रमुख यादवले बताए । निर्माण व्यवसायीले अहिलेसम्म विद्युत कार्यालयले विद्युत पोलहरुले सकड विस्तारमा समस्या प¥यो भनेर पत्र नलेखेको कार्यालय प्रमुख यावदको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*