दाङ,२६ कार्तिक । राप्ती गाउँपालिका वडा नं. ५ सिसहनिया स्थीत प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिना मिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् ।
सहकारी संस्थाका अध्यक्ष सहित शेयर सदस्य, बचत कर्ताहरुको उजुरीको आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाख भन्दा बढि रकम हिना मिना गरेको उजुरी ईलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानको लागि गुप्तालाई नियन्त्रणमा लिएको हो । गुप्ता पत्रकार हुन ।
सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान बसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको र फरार व्यक्तिको खोजी भैइरहेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेयले जानकारी दिए ।
‘प्रहरी कार्यालयमा तीन जना विरुद्ध किटानी जाहेरी परेको थियो । सोहि आधारमा सन्तोष कुमार गुप्तालाई पक्राउ गरिएको हो’ पाण्डेयले भने –‘अदालत बाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ।’ तिनै जना विरुद्ध सहकारी संस्थाको रकम हिना मिना गरेको अभियोगमा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
RaptiSandesh RaptiSandesh