Home / Feature Breaking news / एक वर्षमा १ हजार विद्यार्थी गायव

एक वर्षमा १ हजार विद्यार्थी गायव

अमरराज आचार्य

दाङ, ४ जेठ । जिल्लामा एक शैक्षिक सत्रको अवधिमा एक हजार बढि बालबालिकाहरु वीचमा नै विद्यालय छोडेका छन् । भरखरै सकिएको शैक्षिक सत्रमा जिल्लामा १ हजार १ जना बालबालिकाहरुले वीचमा नै विद्यालय छाडेको शिक्षा विकास तथा समन्यव इकाइ कार्यालले जनाएको छ । शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख प्रमुख रमेशप्रसाद मैनालीका अनुसार गएको शैक्षिक सत्रमा जिल्लामा १ हजार १ जना बालबालिकाहरुले विभिन्न कारणले विद्यालय छाडेका हुन् ।

बालबालिकाहरुले वीचमा नै विद्यालय नछाडुन भनेर विद्यार्थीहरुलाई खाजा कार्यक्रम तथा अन्य क्रियाकलाप समेत गराइदै आएको छ । तर पनि वीचमा नै विद्यालय छाडने वालवालिकाहरुको सङख्यामा कमी आउन सकेको छैन । यो सङख्या विद्यालयमा भर्ना भएर विभिन्न कारणले गर्दा पुरा शैक्षिक सत्र सम्म विद्यालय नरहेकाहरुको सङख्या हो । अहिले पनि जिल्लामा विचमा नै विद्यालय छोडने वालवालिकाहरु रोक्न सकिएको छैन् । यो चुनौतीको रुपमा रहेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । उनका अनुसार जिल्लामा भरखरै सकिएको शैक्षिक सत्रमा आधारभुत तह (१—५) मा ५.२ प्रतिशत विद्यार्थीले कक्षा छाडने गरेका छन् । त्यसै गरेर आधारभुत तह (६—८) मा ५ प्रतिशतले कक्षा छोडने गरेका छन् । माध्यमिक तह ९ मा ४.६ प्रतिशतले कक्षा छोडने गरेका छन् ।

त्यसैगरी आधारभुत तह (१—५) मा ८.१६ प्रतिशतले कक्षा दोहो¥याएका थिए । आधारभुत तह (६—८) मा ६.२ प्रतिशतले कक्षा दोहो¥याएका थिए । माध्यमिक तहमा कक्षा ९ मा ३.२ प्रतिशतले कक्षा छाडेका छन् । कक्षा गत रुपमा कक्षा १ मा ७.१ प्रतिशतले पढाइ छाडने गरेका छन् । भने १३. २ प्रतिशतले कक्षा दोहो¥याउने गरेका छन् । कक्षा २ मा ५.३ प्रतिशतले कक्षा छाडने र ९ प्रतिशतले कक्षा दोहो¥याउने गरेका छन् । कक्षा ३ मा ५.३ प्रतिशतले कक्षा छाडने र ७.२ प्रतिशतले दोहो¥याउने गरेका छन् । कक्षा ५ मा ४.२ प्रतिशतले कक्षा छोडने र ५.३ प्रतिशतले दोहो¥याउने गरेका छन् । त्यसै गरेर कक्षा ६ मा ४.५ प्रतिशतले छोडने र ४.१ प्रतिशतले दोहो¥याउने गरेका छन् । कक्षा ७ मा ५.५ प्रतिशतले कक्षा छाडने र ४.६ प्रतिशतले दोहो¥याउने गरेका छन् । कक्षा ८ मा ५.१ प्रतिशतले कक्षा छोडने र ९.९ प्रतिशतले दोहो¥याउने गरको छन । भने कक्षा ९ मा ४.६ प्रतिशतले कक्षा छोडने र ३.२ प्रतिशतले दोहो¥याउने गरेका छन् ।

बालबालिकाहरुले विद्यालय छाडनुको कारण गरीवी, चेतना नहुन, विद्यालय वालमैत्री नहुनु, सामाजिक जस्ता कारणहरु रहेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । गरिवीको कारण आमा बाबु कामको खोजीमा बाहिर जादा आफना बालबालिकाहरुलाई पनिसंगै लिएर जादा उनीहरुले विचमा नै पढाइ खोडने गरेका छन् । त्यसैगरेर पैसा नभएकै कारणले पनि कतिपय विद्यार्थीहरुले पढाइ छाडने गरेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । ‘विद्यालयहरुमा नि शुल्क शिक्षा हाल सम्म पनि लागुहुन सकेको छैन जसले गर्दा पैसाको कारणले पनि वालवालिकाहरुले पढाइ छाडने गरेका छन’ प्रमुख मैनालीले भने ।

त्यसै गरेर सवै विद्यालयहरुा वालमैत्रि शिक्षण सिकाइ क्रियाकलाप नहुदा पनि साना वालवालिकाहरु विद्यालय जान मन नगर्ने गरेको उनको भनाई रहेको छ । पछिल्लो समयमा प्रविधिको दुरुप्रयोगले गर्दा पनि वालवालिकाहरुले छिटो विवाह गर्ने त्यस पछि विद्यालय छाडने गरेको शिक्षा विकास तथा समन्यव इकाइका प्रमुख मैनालीले बताए । ‘अहिले पनि ग्रामिण स्तरमा शिक्षालाई महत्व नदिएको कारण वालवालिकाहरुले विचमा वढाइ छाडने गरेका छन’ इकाइ प्रमुख मैनालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*