Home / Feature Breaking news / १० महिनामा ३८६ सवारीसाधन कारवार्हीमा

१० महिनामा ३८६ सवारीसाधन कारवार्हीमा

लिलाधर वली

दाङ,४ जेठ ।  दश महिनाको अवधिमा जिल्लामा अवैध ढुङगाजन्य बस्तुको उत्खन्नमा संलग्न रहेका करिव करिव चार सय सवारीसाधनहरु पक्राउ परेका छन । दाङ तथा देउखुरी उपत्यका विभिन्न खोला तथा नदिहरुमा गैरकानूनी रुपमा नदिजन्य वस्तुको उत्खन्न तथा ओसार पसारमा संलग्न रहेका तीन सय ८६ वटा सवारीसाधन कारवार्हीमा परेका छन ।

 

समितिका अनुसार अनुमति नदिएको स्थानवाट उत्खनन गर्ने,जेसीभी प्रयोग गर्न प्रतिवन्ध लगाएपनि जेसीभी प्रयोग गरि नदिजन्य बस्तुको उखनन् गर्ने सवारीसाधानलाई कारवाही गर्ने गरेको छ । पक्राउ परेका सवारीसाधनहरुवाट २५ लाख बढि राजश्व संकल छ ।  दश महिनाको अवधिमा सवैभन्दा धेरै टेक्टरहरु ३ सय ३६ वटा कारवार्हीमा परेका जिल्ला समन्वय समितिका लेखापाल बिष्णु आचार्यले जानकारी दिए ।

 

उनका अनुसार जेसीभी २६ वटा र टिप्परहरु २४ वटा पक्राउ गरि कारवार्ही गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जसवाट समितिले  २५ लाख ७५ हजार रुपैया राजस्व संकलन गरेको लेखापाल आचार्यले जनाएको छन । जसअनुसार टेक्टरवाट १६ लाख ८० हजार,  जेसिभीबाट ६ लाख ५० हजार, टिप्परवाट २ लाख ४० हजार राजश्व समितिमा संकलन भएको छ ।

समितिले  जेसीभीबाट २५ हजार, टिप्परवाट १० हजार र टेक्टरवाट ५ हजार रुपैयाँ जरिवाना लिने गरेको छ ।

 

त्यस्तै आचार्यका अनुसार जिल्ला समन्वय समितिले  पहिलो  पटक पक्राउ गरिएको सवारीसाधन पुन अवध ढुङगाजन्य पदार्थको उत्खन्नको कार्यमा संलग्न रहेको  भेटिएको अवस्थामा दोव्वर जरिवाना लिने गरेको छ । जस अनुसार यसबर्ष जिल्लामा बैशाखाको अन्त्यसम्म १९ वटा विभिन्न सवारी साधन डवल राजश्वमा परेको समितिले जनाएको छ । जिल्लामा अवैध नदिजन्य बस्तुको उत्खनन रोक्न जिल्ला समन्वय समिति कडाईसँगै अनुगमण समेत गर्दै आएको छ ।

 

जिल्लाका विभिन्न खोला तथा नदिहरुमा गैरकानूनी रुपमा उत्खनन भईरहेको छ । जिल्लाका ३६ वटा खोला तथा नदिहरुमा वातावरणीय प्रभाव मूल्याकन गरि उत्खनन्को अनुमति दिएको भएपनि अहिले २२ वटा खोला तथा नदिमा समितिले अनुमति दिएको छ । समितिले जिल्लाका राप्ती नदि, बबई नदि,कटुवाखोला,सेवारखोला,सिस्ने खोलला,बालिम खोला,हापुरखोला, ग्वारखोला,पातुखोला, कालाकाटेको राङसिङ खोला, अर्जुन खोलालगाएतका खोला तथा नदिहरुमा उत्खन्नको लागि अनुमति दिने गरेको छ । समितिले उत्खन्नकालागि निश्चित क्षेत्र तोकिदिएपनि ठेकेदारहरुले तोकिएको स्थानभन्दा बाहिरवाद ढुङगाजन्यवस्तुको उत्खन्न गर्ने गरेको पाइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

 

जिल्लामा अनुगमणका क्रममा धेरै स्थानमा गैरकानूनी रुपमा ढुङगाजन्य बस्तुको उत्खन्नमा संलग्न जेसीभी,पिप्पर र टेक्टर कारवार्हीमा पर्दै आएको समिति लेखापाल आचार्यले बताए । अनुगमणका क्रममा जिल्लामा सम्झौता भए अनुसारको गिटटी बालुवा उत्खनन नभएको, उत्खन्न गर्न रोकिएको स्थानवाट उत्खन्न हुने गरेको ,जेसिभी प्रयोगमाप्रतिवन्ध लगाईएको स्थानमा जेसीभी प्रयोग गरि नदिजन्यवस्तुको उत्खनन गरिएको अनुगमणका क्रममा पाइने पाईने गरेको समितिले जनाएको छ । त्यस्तै क्रसर सञ्चालकहरुले समेत नदिजन्यवस्तुको अवैध उत्खनन् गर्ने गरेका छन । क्रसरका नाममा गैरकानूनी रुपमा मापदण्डविपरित उत्खन्नको कार्यमा संलग्न रहेका उद्योगहरुलाई कारवार्हीको दायरामा ल्याउनकालागि जिल्ला समन्वय समितिले पछिल्लो समय अनुगमणलाई तिव्रता दिएको छ ।

फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*