Home / खेलकुद / तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता हुने

तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता हुने

नारायणपुर, २० वैशाख
तेस्रो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगिता यही वैशाख २९ गतेदेखी नारायणपुरमा हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।

लिग चरणमा हुने प्रतियोगितामा सहभागिताकालागि जिल्लामा रहेका फुटबल क्लबहरुले सहभागिता जनाउन पाउने अध्यक्ष खुमबहादुर वलीले जानकारी दिनुभयो ।

जसकालागि २७ गते दिउसो ३ बजेसम्म टिम दर्ताको समय रहेको उहाँले बताउनुभयो । टिम दर्ताकालागि ३५ सय रुपैया शुल्क रहेको र प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो लाई नगद १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्इक्ष वलीले बताउनुभयो ।

प्रतियोगिताकालागि समितिहरु गठन गरेर जिम्मेवारी दिईएको छ । जसमा डि.एन.दाहाललाई खेल संयोजक अनिलकुमार बस्नेतलाई आर्थिक संयोजक, प्रेमबहादुर नेपालीलाई खेल मैदान व्यवस्थापन संयोजक, विनोद विकलाई अतिथि सत्कार समिति संयोजक, भुवन वली प्रचारप्रसार समिति संयोजक, रामकृष्ण बस्नेत प्राथमीक उपचार संयोजक, चन्द्र नेपाली स्वयंमसेवक संयोजक र दोर्ण योगी यातायात व्यवस्थापन संयोजक रहेको समितिहरु गठन गरिएको छ । प्रतियोगिता सफल बनाउनकालागि सहयोग गर्न अध्यक्ष वलीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*