दाङ, २७ चैत
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाईएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो ।

कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितिमा काठमाडौँबाट ल्याईएको अस्तु सेलाईएको थियो । खड्काको १२ दिनको पुण्यतिथीमा अस्तु सेलाईएको कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री दिपक गिरी, प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठ, जिल्ला सभापति किर्तिबहादुर खड्का, पूर्व जिल्ला सभापति विरकेशरी गौतम, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, पूर्व सांसद गेहेन्द्र गिरी, महाधिवेशन प्रतिनिधी भरतबहादुर न्यौपाने, जिल्ला उपसभापति कमानसिंह भारति, जिल्ला सचिव शंकरप्रसाद डाँगी, टेकबहादुर वली, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी, जगत खड्का, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, नेविसंघका जिल्ला उपाध्यक्ष टोपबहादुर बुढाथोकी, क्षेत्रीय सभापति तिलक रावत, दलित संघका जिल्ला अध्यक्ष बाबुराम बि.क लगायतको उपस्थिति रहेको थियो ।
RaptiSandesh RaptiSandesh