Home / Election / कांग्रेसप्रति मतदाताको विश्वास छ, जीत सुनिश्चित भईसक्योः भुपबहादुर डाँगी

कांग्रेसप्रति मतदाताको विश्वास छ, जीत सुनिश्चित भईसक्योः भुपबहादुर डाँगी

दोस्रो चरणमा मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै छ । निर्वाचनमा मत कसरी आफ्नो पक्षमा पार्ने भनेर उमेद्वारहरु मतदाता रिझाउनमा व्यस्त छन् । उनीहरु गाँउ, टोल तथा घरमा पुगेर मतदाताहरुलाई भेट गरिरहेका छन् । उमेद्वारहरु आँफूले हालसम्म गरेका कामदेखी हालसम्म गर्ने योजना बुझाउदै आफूलाई मत माग्दै घरदैलोमा व्यस्त छन् । कांग्रेस दाङका सबै क्षेत्रमा जित दोहो¥याउने दाउमा छ । निर्वाचनकालागि विभिन्न क्षेत्रहरुमा काग्रेसले प्रचारप्रसार समिति गठन गरेर चुनावी कार्यक्रम गरिरहेको छ । निर्वाचन क्षेत्र नम्बर २ का प्रचारप्रसार समिति क्षेत्रीय सभापति भुपबहादुर डाँगी रहेका छन् । प्रस्तुत छ उनीसँग निर्वाचनसम्वन्धी कुराकानीः

१) के छ निर्वाचन तयारी ?
हामी निर्वाचनकालागि मननोनयन दर्ता गरेसँगै चुनावी कार्यक्रममा व्यस्त छौ । यस क्षेत्रमा रहेको बंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरु रहेका छन् । यी स्थानहरुमा हामी मतदाताहरुलाई भेटघाट गर्नमै व्यस्त छौ । मतदाताहरुलाई कांग्रेसले हालसम्म गरेका कामहरुबारे स्पष्ट पार्दै आगामी दिनमा कांग्रेसले गर्ने कामको बारेमा जानकारी गराउदै मत मागिरहेका छौ ।

यस पटकको निर्वाचनकालागि कांग्रेसका नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर लाग्नुभएको छ । केन्द्र, जिल्ला तथा क्षेत्रले बनाएका प्रतिवद्धता पत्रहरु जिल्ला, गाँउ, टोल तथा घरघरमा पु¥याएका छौ । हामीले के ग¥यौ के गर्नेछौ भनेर उमेद्वारहरुलाई जानकारी गराउदै भिजिटिङ कार्ड सहित पनि हाम्रा नेता तथा कार्यकर्ताहरु घरघरमा पुग्नुभएको छ । १२ गते घोराहीमा विशाल आमसभा गर्ने तयारीमा पनि रहेका छौ ।

जसमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, बालकृष्ण खाँड लगायतका नेताहरुको उपस्थिति रहने छ ।

२) यो निर्वाचनमा कांग्रेस नै विजयी हुन्छ भन्ने आधार के हुन् ?
हामी विजयी हुने आधारहरु त धेरै नै छन् । मतदाताहरुलाई कांग्रेस र लोकतन्त्रप्रति विश्वास छ । त्यो विश्वासले हामीलाई मतदाताहरुले मत दिनुहुन्छ । अर्को कुरा जनतालाई शान्ति र विकास चाहिएको छ । त्यो शान्ति र विकास कांग्रेससँग मात्र छ ।

कांग्रेसबाट मात्र सम्भव छ । त्यसैले मतदाताहरुले कांग्रेसलाई मत दिनुहुन्छ । यस्तै दाङमा कांग्रेसको संगठन बलियो छ । त्यो बलियो संगठनले निर्वाचनमा कांग्रेसलाई जिताउछ । दाङमा भएका हरेक विकास कांग्रेसकै नेतृत्वमा भएको छ । बहुदलदेखी हालसम्म कांग्रेसले नै जिल्लाका हरेक गाँउगाँउमा विद्युत, शिक्षा, सडक, स्वास्थ्य, सिचाई, खानेपानी पु¥याएको छ । त्यो सबै जनता अर्थात मतदाताहरुले बुझेको र जानेको विषय हो । त्यसैले पनि मतदाताहरुले कांग्रेसलाई मत दिनुहुन्छ र कांग्रेस विजयी हुन्छ । यसका साथै यस क्षेत्रको अर्थात दाङ जिल्लाको विकास गर्न सक्ने क्षमता भनेको कांग्रेससँग मात्र छ त्यसैले पनि कांग्रेस विजयी हुन्छ ।

३) किन मत दिने कांग्रेसलाई मतदाताले ?
मतदाताहरुमा कांग्रेप्रतिको विश्वास छ त मैले अगाडी नै भनिसके । यो सँगै लोकतन्त्रप्रतिको विश्वास पनि मतदाताहरुसँग छ । मतदाताहरुले शान्ती चाहिएको छ । समृद्धि चाहिएको छ । विकास र निकास चाहिएको छ । समग्रमा भन्दाखेरी शान्ति र समृद्धि, विकास र निकासकालागि मतदाताहरुले कांग्रेसलाई मत दिनुहुने छ ।

४) स्थानीय निर्वाचनमा तपाईमाथी कांग्रेसले नै घात गरेर पराजीत हुनुभयो, यसपटक घात हुने संम्भावना देख्नुहुन्छ कि नाई ?
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा म कांग्रेसको तर्फबाट उमेद्वार थिए । प्राविधीक रुपमा मैले निर्वाचन जित्न सकेन । त्यसपछि मैले धेरैपटक मिडियाहरुमा पनि भनेको छु । कार्यक्रमहरुमा पनि भन्ने गरेको छु हामीले निर्वाचन अन्तरघातले हारेका हैनौ । त्यसलाई अन्तररघात भन्न मिल्दैन । हाम्रो पार्टिले टिकट घिला गरिमात्र प्रदान ग¥यो । १९ वटा वडाहरुमा ६ दिनमा मात्र चुनावी कार्यक्रम गरेका हौँ ।

नेताहरु जे आकांक्षी हुनुहुन्थ्यो उहाँहरुलाई व्यवस्थापन गर्न सकेनौ । त्यसकालागि समय नै थिएन हामीसँग । त्यसैले हाम्रा प्राविधीक कमजोरीले निर्वाचनमा पराजित भएका हौँ । अब त्यो कमजोरीमा हामीमा छैन । त्यो कमजोरीलाई हामीले सच्याईसकेका छौ । अहिले दाङमा कांग्रेसभित्र कुनै तित्तता छैन । सबै एकढिक्का भएर अगाडी बढ्नुभएको छ । पार्टिका नेताहरुदेखी तल्लो स्तरका कार्यकर्ताहरु पनि कांग्रेसलाई कसरी विजयी बनाउने ।

कांग्रेसलाई जिताएर कसरी लोकतन्त्रलाई बलियो बनाउने, देश र जिल्लालाई शान्ति र समृद्ध कसरी बनाउने, विकास र निकासको बाटोमा देशलाई कसरी अगाडी बढाउने भनेर हामी सबै नेता तथा कार्यकर्ताहरु एक भएर लागिपरेका छौ । जिल्लाका ९ वटै क्षेत्रमा कांग्रेसले विजयी हासिल गर्छ ढुक्क हुनुस् ।

५) अन्त्यमा
लोकतन्त्रलाई संस्थागत गर्नकालागि यो जिल्लालाई समृद्ध बनाउनकालागि आगामी मंसीर २१ गते प्रतिनीधी सभा एवं प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनमा कांग्रेसलाई मत दिएर विजयी बनाउनकालागि सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु । स्थानीय एव. आफ्नो क्षेत्रको समस्या बुझेका नेताहरु नै कांग्रेसका उमेद्वारहरु हुनुहुन्छ । त्यसैले शान्ति र समृद्धि, विकास र निकासकालागि कांग्रेसलाई मत दिन प्रचारप्रसार समितिको संयोजकको नाताले सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*