घोराही, ८ कार्तिक
साफ च्याम्पीयनसीप सेलेक्सनकालागि नेशनल फुटबल च्याम्पियनसिप दाङमा हुने लगभग निश्चीत भएको छ ।
साफ च्यम्पस्यनसीपकालागि दाङमा प्रतियोगीता हुने लगभग निश्चीत भएको फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो । तर यसकालागि भरतपुर खेलमैदान व्यवस्थीत गर्न आवश्यक रहेको पुनले बताउनुभयो ।
नेशनल च्याम्पियनसिप फुटबल खेलमा ५ वटा विकास क्षेत्रको ५ वटा टिम र विभागीय ३ टिम गरि ८ वटा फुटबल टिम बिच खेल हुने पुनले जानकारी दिनुभयो ।
यसैबीच नेशनल च्याम्पियनसिप खेलको लागि जिल्लाका सरोकारवालाहरुसँग छलफल गरिने भएको छ । खेल मैदानलाई व्यवस्थित बनाउने र प्रतियोगीतालाई सफल बनाउनकालागि विहीवार विहान बृहत् छलफल हुने जिल्ला फुटबल संघका महासचिव सुशील श्रेष्ठले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका प्रमुख, वडा अध्यक्षहरू, दाङ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत सामाजिक अभियन्ता, पुर्व फुटबल खेलाडीहरू र सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा भोली विहीवार विहान साढे ७ बजे भरतपुर मैदानमा छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलमा सहभागी हुनकलागि सम्पूर्ण सरोकारवाला एवं शुभचिन्तकहरुमा उहाँले अनुरोध गर्नुभएको छ ।