Home / Feature Breaking news / पि.एम.पी दशै विशेषमा भुमीका र विजयको उत्कृष्ट प्रस्तुति

पि.एम.पी दशै विशेषमा भुमीका र विजयको उत्कृष्ट प्रस्तुति

नारायणपुर, ८ असोज

विजयादशमीको अवसरमा नारायणपुरमा आयोजना गरिएको दशै विशेष सांस्कृतिक कार्यक्रममा गायीका भुमीका गिरी र गायक विजय परियारले बेजोड प्रस्तुति राखेका छन् ।

पि.एम.पी पोल्ट्री फर्म एण्ड फ्रेस हाउस नारयाणपुरले दशै तथा दिपावलीको अवसरमा नारायणपुरमा आयोजना गरेको ‘पीएमपी दशै मिलन सांस्कृतिक कार्यक्रम २०७४’ मा दंगाली गायीका भुमीका र गायक विजयले उत्कृष्ट प्रस्तुति राऋनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सन्ध्इाकालिन समयमा स्टेच चढेकी लोकदोहारी गायीका भुमीका गिरीले ‘हङकङको चुरोट गोरखपुरको सलाई’ बोलको गीतबाट गीत गाउन सुरु गरेकी भूमीकाले दर्शकहरुलाई छमछमी नचाएकी थिईन् ।

स्टेचमा उत्कृष्ट प्रस्तुति राख्न खप्पीस भूमीकाले ‘दियौँ चुरोट दिएनौ सलाई, तिहुन मीठो बनायो चुकैले, हेर्ने ठाँउ धेरै छन् हजार घुमौला नि नारायणपुर बजार’ बोलको गीत गाएकी थिईन् ।

उनको प्रस्तुतिमा युवाहरु झुमेका थिए । कार्यक्रममा सुगम संगीतका दंगाली गायक विजय परियारले ‘माया गर्छु र तिमीलाई पाउन निवेदन पेश गर्छु प्रीया’ बोलको गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हास्यकलाकार कमल गाँउले, कलाकारहरु टोपेन्द्र विष्ट, प्रेम शर्मा, अर्चना के.सी, सुरक्षा सेर्पाईली, रोहन वली, सुशीला गौतम, अमृता लामीछाने, मधु क्षेत्री, मनोज रसाईली, प्रकाश नेपाली, जिवन बुढाथोकी(जेवी, बसन्त चौधरी (एन.टी बसन्त), कश्मीरा रसाईली लगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बिफ्रिडम् डाँन्स एकेडेमी र लेट्स डान्स एकेडेमीको प्रस्तुति रहेको थियो । त्यस अवसरमा उत्कृष्ट किसान, फ्रेस हाउसलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।

यस्तै नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल लगायत नवनिर्वाचितहरुलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको एओन टेलिभिजन दाङले प्रत्यक्ष प्रशारण गरेको थियो । पि.एम.पी पोल्ट्री फर्म एण्ड फ्रेस हाउस नारयाणपुरका प्रवन्धक पोषणनाथ योगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  कार्यक्रमको सहजिकरण चन्दन भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*