Home / खेलकुद / युएनविसी कप फुटबलको फाईनल असोज २१ गते हुने

युएनविसी कप फुटबलको फाईनल असोज २१ गते हुने

घोराही, ६ असोज

युएनविसी पक फुटबल प्रतियोगीताको फाईनल खेल असोज २१ गते हुने भएको छ । प्रतियोगीताको फाईनल खेल भोली असोज ७ गते शनिवार गर्ने भनिएकोमा फाईनल खेल अविरल बर्षाका कारण खेल मैदान हिलाम्य भएकाले खेल सारिएको क्बलले आज घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताको २४ वटा लिग चरण, ४ वटा क्वाटर फाईनल र १ सेमिफाईनल खेल भईसकेको रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो । प्रतियोगिताको बाँकी १ सेमिफाईनल र फाईनल खेल बाँकी रहेको र असोज २० गते दिउसो २ बजे सेमिफाईनल र २१ गते दिउसो १ बजेदेखी अन्तिम खेल हुने क्लबका अध्यक्ष बुद्धि पुनले जानकारी दिनुभयो ।

निर्धारित समयमा फाईनल खेल सञ्चालन गर्न नपाएकोमा दुःख व्यक्त गर्दै दर्शक एवं खेलाडीहरुमा परेको असरप्रति क्षमायाचना पनि गरेको छ ।

साथै २० र २१ गते हुने खेलमा उपस्थित हुनकालागि क्लबले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*