Home / मनोरञ्जन / दशैँमा घर आएनन् ईन्दुका ‘परदेशी’

दशैँमा घर आएनन् ईन्दुका ‘परदेशी’

‘मायाँले खान दिन्न बरिलै’ यो तीजको भाकाले नेपाली संगित बजारमा उनको ‘ईन्ट्रि’सुखद बनाईदियो । स्रोता दर्शकले यो गीत प्रति देखाईदिएको मायाँले संगित प्रतिको मोह झनै चुलियो ।

नामी गायिका बन्ने मेसो बढ्दै गयो । फस्वरुप लोक गायिका ईन्दु गैरेले आफ्नो दशैँ र तिहारलाई थप सांगितमय बनाउन लागि परिन् । ‘परदेशी को कहानी’ बोलको दशैँ गीतले उनको दशैँलाई संगितमय बनाईदिएको छ ।

बिदेशिएका नेपालीहरु दशैँ जस्तो महान पर्वमा समेत नआउँदाखेरीको पीडालाई ब्यक्त गरिएको छ यो गीतमा । ईन्दिरालाई यो गीतमा सुमन परियारले स्वरमा साथ दिएका छन् । शब्द शारदा मरासिनीले लेखेकी हुन् ।

त्यसोत, तीज पर्व देखि संगित बजारमा गायिकाको रुपमा ईन्ट्रि मारेकी ईन्दुले दशैँ सम्म आईपुग्दा आफ्नो फरक कलालाई समेत व्यक्त गरेकि छिन् । त्यो हो, अभिनय । दशैँ गीतमा उनि आँफैले अभिनय समेत गरेकि छिन् । ‘गायनसंगै भिडियो पनि आँफै खेलेकी छु,’उनले भनिन् ‘मलाई आशा छ,स्रोता दर्शकहरुले गीत सुनेर,हेरेर मलाई सुझाव दिनु हुने छ ।’

यसरी मारिन ईन्दुले ईन्ट्रि
स्कुले जीवनमा ‘गायकी’ उनको परिचयनै बनिसकेको थियो । बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनि गायनमा सहभागी भईरहन्थीन् । उनि आँफू स्वेच्छाले भन्दा पनि उनलाई गायकी प्रस्तुत गर्न आग्रह गर्नेहरु निकै हुन्थे । यसर्थ गायकीको पहिचान बनिसकेको थियो ।

अर्घाखाँची सितगंगाकी ईन्दु गैरेको अब्बल गायकी सुन्नेहरुले उनको सम्भावना औँल्याउँथे ‘तिमी राम्रो गायिका बन्छौ,मेहनत गर ।’ यो प्रेरणाले गायीका बन्ने उत्साह त पैदा हुन्थ्यो । तर आँट आउँदैनथ्यो । उनि भन्छिन् ‘गायीका बन्न सक्ने मेरो सम्भावनाको कुरा गरिदिँदा उत्साह त जाग्थ्यो तर मनमा आँट आउँदैन्थ्यो ।’ त्यसोत, औपचारिक गायन यात्राको बाटो पहिल्याउन मोफसलका क्षमतावान प्रतिभाहरुलाई त्यहि सहज पनि छैन ।

लामो समय सम्म उनको सांगितकी यात्रा थाल्ने उत्साहले ‘मेलो’ पकड्न सकेन । फलस्वरुप उनि ‘थोरबहुत’स्टेज कार्यक्रमहरुमा मात्रै सिमित बनिन् । ‘स्टेज कार्यक्रमहरुमा मलाई बोलाईन्थ्यो,’उनले भनिन् ‘तर संगितको औपचारिक यात्रा थाल्ने साइत जुरेको थिएन ।’ यसपालाको तीज पर्व उनी नारी ईन्दुका लागि अँझै खाश बिशेष बनिदियो ।

गीत गाउनु एउटा सपना । तर चर्चा कमाउनु गायक गायिकाहरुका लागि झनै ठूलो सपना बनेको हुन्छ । जुन सपना हरेक गायक गायिकाहरुले पछ्याईरहेका हुन्छन् । पहिलो गीतबाटै संगितबजारमा ईन्दुको ‘ईन्ट्री’ सुखद मानिएको छ । समसामयिक विषय बस्तुलाई गीत मार्फत उठान अनि उनको सुरिलो स्वरको तारिफ गर्नेहरुको कमी पक्कै छैन ।

युट्युव मार्फत सार्वजनिक गरिएको उनको गीतको भिडियोको चर्चाले पनि यसको पुष्टि गरिरहेकै छ । उनको सफल ईन्ट्रीसंगै ‘पपुलारिटी’ क्यास गर्ने रेसमा ईन्दु छिन् । भन्छिन् ‘हेरौँ दशैँ गीतबाट कस्तो रेस्पोन्स आउँछ ।’ ईन्दु यहि प्रतिकृयाको पर्खाईमा छिन् ।

आफ्नो गीतको ‘फीडब्याक’ चाहेकी ईन्दुले अन्य गीतहरु पेन्डिङमा राखेकी छिन् । ‘म आफ्ना गीतकै फीडब्याक पर्खेर बसेकी छु,’उनले भनिन् ‘यो गीतबाट आउने फीड ब्याककै आधारमा मैले अरु गीतमा काम गर्ने छु ।’
उनि हाल बुटवलमा अध्ययनसंगै रोजगारमा छिन् । उनि बुटवल स्थित एक अस्पतालमा कार्यरत छिन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*