Home / Feature Breaking news / नेपालको पहिचान हिन्दु राष्ट्रः अध्यक्ष राणा

नेपालको पहिचान हिन्दु राष्ट्रः अध्यक्ष राणा

दाङ,३ चैत । राष्ट्रिय प्रजातन्त्र पाटी (सयुक्त)का अध्यक्ष पुशपति सम्शेर राणाले नेपालको पहिचान हिन्दु राष्ट्र भएको बताएका छन । दाङको घोराहीमा आयोजना गरिैको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्रलाई नेपाली काग्रेस र कम्युनिष्टहरुले फाल्ने काम गरेको बताए ।

विश्व समुदायमा नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपा लागेको बताए । ‘नेपाल र नेपालीको पहिचान भनेको हिन्दु राष्ट्र हो,तर त्यो नेपाली काग्रेस र कम्युनिष्टवाट मास्ने काम भयो’,अध्यक्ष राणाले भने,‘जनताको चाहना अहिलेपनि हिन्दु राष्ट्र भएकाले आफुहरु हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनमा लागेको हाँैँ ।’ हिन्दु राष्ट्र निर्माणका लागि संगठनलाई दिगो र दरिलो रुपमा केन्द्रदेखि वडास्तरसम्म गठन गर्ने बताए ।
त्यस्तै अध्यक्ष राणाले अहिलेको सरकार भष्ट्राचारमा डुङडुङती गन्नाउने भएको बताएका छन । जनताले दुईतिहाईको सरकारवाट ठुलो परिवर्तनको आशा गरेपनि सरकार केन्द्रदेखि वडातहसम्म भष्ट्राचार विकेन्द्रीकरण गर्ने काममा संलग्न भएको बताए ।

त्यस्तै राष्ट्रिय प्रजतान्त्र पार्टी सयुक्तका सहअध्यक्ष प्रकाशचन्द लोहनीले प्रजाान्त्रिक अभ्यासको नाममा अधिनायकवाद लाग्ने काम गरेको बताएका थिए । मुलुकलाई अधिनायकवादबाट बचाउनकालागि सरकारी गतल क्रियाकलापहरुको विरोधमा पार्टी लागेको बताए । त्यस्तै उनले बर्तमान सरकार सुशासनका कुरा गर्ने तर आफुले कुसशासनका काम गर्ने गरेको समेत बताए ।

पत्रकार भेटघाट कार्यक्रम राष्ट्रि प्रजातन्त्र पाटी (सयुक्त)का जिल्ला अध्यक्ष नरेशजंग राणाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण बंशीकुमार शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*