Home / Feature Breaking news / सीपले बढायो आत्मविश्वास

सीपले बढायो आत्मविश्वास

लिलाधर वली
दाङ, ३१ जेठ । बबई गाउँपालिका वडा नं. ६ निवासी तुल्सी नेपाली विगत दुई महिनादेखि कटाई सिलाई तालिम सिक्दैछिन । आर्थिक रुपमा कमजोर घरपरिवार र पढाई लेखाई नभएका कारण अरु केही काम गर्न सक्ने अवस्था थिएन । त्यसैले घरको काममा सिमित रहेकी नेपालीलाई गाउँमै कटाई सिलाई तालिम सिक्न थालेपछि आत्मविश्वास बढेको छ । उनलाई अव व्यवसाय गरेर दुईचार पैसा कमाउन सक्छु झै लागेको छ ।

‘नपढेका कारण अन्त केही गर्न सक्ने अवस्था छैन,आफै केही गरौ भने सिप पनि थिएन’,तुल्सीले भनिन्,‘ मनमा केही गरौँ भन्ने सोच भएपनि गर्न सकेको थिएन । तर गाउँमै कटाई सिलाईको तालिम हुदैछ रे भन्ने थाहा पाएपछि आएर अहिले सिक्दैछु । तालिमले अहिले आत्मविश्वास बढाएको छ ।’ तालिम सकिएपछि सयुक्त रुपमा व्यवसाय गर्नका लागि तीन जनाको समूह बनेको छ । व्यवसायले आफुहरुलाई गाउँमै रोजगारीसँगै आत्मनिर्भर बन्न सहयोग पु¥याउने उनलाई आशा छ ।

butik

त्यस्तै दंगीशरण गाउँपालिका ४ निवासी निमा चौधरी सल,साडी,कुर्तालगायतका कपडामा डिलाईजन गर्ने काम सिक्दै छिन । एक महिना अघिदेखि बुटिक तालिम लिन थालेकी निमालाई तालिमले हौसल्ला बढाएको छ । घरायासी काममा सिमित हुने उनलाई व्यवसाय गर्ने सोचमा छिन । ‘तालिम लिइसकेपछि बुटिक सम्वन्धी काम गर्ने रहर छ’,निमाले भनिन्,‘त्यही अनुसार साथीहरुसँग छलफल भइरहेको छ ।’ थोरै लगानीमै व्यवसाय गर्न सकिने र राम्रो आम्दानी समेत लिन सकिने भएकाले काम गर्न रहर भएको उनी बताउछिन ।

त्यही अनुसार घरमा समेत सल्लाह गरेकी छिन । ‘सिप सिकेर केही गर्ने इच्छा थियो । त्यही भएर तालिम लिएको हु’,उनले भनिन्,‘अव सिप सिकेको छु, अव काम गरेर देखाउँछु ।’ दंगीशरण गाउँपालिका वडा नं. ५ बालापुर निवसी दिपा चौधरीले कटाई सिलाई सम्वन्धी आधारभुत तालिम लिदैछिन । तीन महिनादेखि कटाई सिलाईको काम सिक्दै आएकी उनले अहिले सुरवाल, कुर्ता, चोली, मेक्सी, पेटीकोट, बुलाउजलगायतका महिला तथा बच्चाहरुका कपडाहरु सिलाउन सक्ने भएको बताइन ।

hojiyari

कटाई र सिलाई सम्वन्धी सिपले आत्मनिर्भर बनाएको उनलाई महशुस भएको छ । ‘तालिम सकिएपछि गाउँमै सिलाई सम्वन्धी व्यवसाय गर्ने योजना छ । त्यही अनुसार साथीसँग सल्लाह भएको छ’,उनले भनिन्,‘ व्यवसाय गर्नका लागि उद्यम तथा सामाजिक विकास मञ्चले एउटा सिलाई मेसिन सहयोग गर्ने भएको अरु आफुहरुले मेसिन थप्ने भएका छौ ।’ उनीहरु जस्तै अहिले धेरै महिलाहरुलाई उद्यमी बन्ने आत्मविश्वास पलाएको छ । उनीहरुलाई आत्मविश्वासी बनाउने काम गरेको छ उद्यम तथा सामाजिक विकास मञ्च दाङले ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उद्यम तथा सामाजिक विकास मञ्चको आयोजना सिपमुलक तालिम लिएका महिलाहरु सिकेको सिपलाई व्यवहारमा उतार्ने योजनामा रहेका छन । आर्थिक रुपमा कमजोर घरपरिवारका महिला तथा पुरुषहरुलाई उद्यमशिलताका माध्यमवाट स्वरोजगार बनाउनकालागि सञ्चालित विभिन्न तालिम लिएका महिलाहरु व्यवसाय गर्ने सोचमा रहेका छन ।

कार्यक्रम अन्तर्गत मञ्चले दंगीशरण गाउँपालिका वडा नं. ५ को बालापुरमा तीन महिने कटाई सिलाई तालिम,दंगीशरण गाउँपालिका–४ मौलीमा हाते कढाई बुटिक सम्वनधी सिप विकास तालिम,शान्तिनगर गाउँपालिका–७ बुढाडावरमा माहुरीको रानी उत्पादन सम्वन्धी तालिम, बबई गाउँपालिका–६ पञ्चकुलेमा कटाई सिलाई तालिम,बबई–५ मा हाते कढाई बुटिक सम्वन्धी तालिम,शान्तिगर–२ अमुवामा बुटिक तथा कटाई सिलाई तालिम, शान्तिगर–४ एकलीमा च्याउँ खेती तालिम र तुलसीपुर उपमहानगरपालिका–१५का विभिन्न टोलमा अगरबती बनाउने तालिम, होजियारी तालिम र हाते कढाई बुटिक तालिम सञ्चालन गरेको उद्यम तथा सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक भिम बस्नेतले जानकारी दिए ।

neta

तालिमवाट एक सय ८८ जना उद्यमी सिर्जना गर्ने र व्यवसाय एक सय उद्यमीहरुको स्तरवृद्धि गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ । तालिमसँगै व्यवसाय सुरुवात गर्नकालागि सहयोग पु¥याउने उद्देश्यले औजार समेत सहयोग गर्ने गरेको मञ्चले जनाएको छ । यसैविच घरेलु तथा साना उद्योग कार्यालय दाङको सहयोग तथा उद्यम तथा सामाजिक विकास मञ्चको आयोजनामा सञ्चालन भएका विभिन्न तालिमहरुको अनुगमन गरिएको छ ।

जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम, घरेलु तथा सना उद्योग कार्यालयका बरिष्ठ उद्योग अधिकृत बाशुदेव रिजाल, उद्योग अधिकृत उमबहादुर वली, कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख खिमबहादुर डागी, उद्यम तथा सामाजिक विकास मञ्चका अध्यक्ष यज्ञबहादुर डागी, इपिआरर्सी नेपालका लेखापाल अरुणकुमार लामिछाने, उद्यम तथा सामाजिक विकास मञ्चका लेखापाल हेमन्त केसी, जिल्ला लघु उद्यमी संघका अध्यक्ष मञ्जु न्यौपाने,मञ्चका कार्यक्रम संयोजक भिमबहादुर बस्नेत,पत्रकार लिलाधर वलीलगायतको सहभागिता रहेको थियो ।

mahila

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*