घोराही, २५ माघ
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदको अर्की उमेद्वार हुन्ः खुमा खड्का । घोराही उपमहानगरपालिका वडा नम्बर १५ पर्वत टोल निवासी खड्का टोलको अध्यक्ष हुन् ।
पूर्व प्रहरी हवल्दार समेत रहेकी खुमा प्रहरी सेवाबाट निवृत्त भएपछि सामाजिक क्षेत्रमा क्रियाशील छिन् । प्रहरी हुँदा उनी महिला तथा बालबालिका सेवा केन्द्रमा रहेर काम गरेकी खड्का प्रहरी हुँदादेखी नै सबैको सुःखदुखमा साथ दिने व्यक्तीको रुपमा परिचित छिन् ।
उनी मानवअधिकारको क्षेत्रमा पनि क्रियाशील छिन् भने महिलाको क्षेत्रमा पनि नेतृत्वदायी भूमीकामा रहेकी छिन् ।
जेष्ठ नागरिक संघको वडा नम्बर १५ को सदस्य भएर काम गरेकी खड्का घोराही खानेपानीमा सदस्य भएर खानेपानी विस्तार र उपभोक्ताहरुको समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।