Home / Feature Breaking news / एक करोड ८६ लाख संकलन गर्दै सकियो महायज्ञ, बुढाथोकी परिवारद्धारा २६ लाख दान

एक करोड ८६ लाख संकलन गर्दै सकियो महायज्ञ, बुढाथोकी परिवारद्धारा २६ लाख दान

घोराही, १० माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा सकिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा १ करोड ८६ लाख दान संकलन भएको छ ।

महायज्ञमा करिब १ करोड ८६ लाख दान संकलन भएको निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । दान दिने क्रम जारी रहेकाले वास्तविक आम्दानी र खर्च छिट्टै सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

महायज्ञको एक औपचाकि कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । आयोजक मूल समितिका संयोजक विमला योगीको अध्यक्षता एवं प्रदेश सांसद अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता महायज्ञले ठुला ठुला परिवर्तन गर्न सम्भव हुने बताउनुभयो ।

उहाँले शैक्षीक, स्वास्थ्य एवं सामाजिक क्षेत्रको परिवर्तनकालागी महायज्ञले महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो । साथै यसले मानिसलाई धार्मीकएवं आध्यात्मीक ज्ञान पनि दिन सहयोग पुगेको उहाँको भनाई छ ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सांसद एवं महायज्ञका संरक्षक अमरबहादुर डाँगीले सेवा मावि बनगाँउको शैक्षीक एवं भौतिक विकासकालागी यो महायज्ञ आधारस्तम्भ बनेको बताउनुभयो । उहाँले यस्ता महायज्ञले समाजलाई परिवर्तन गर्न सक्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले महायज्ञ सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । महायज्ञ आायोजक मूल समितिका संयोजक विमला योगीले सबै व्यक्ती र क्षेत्रको सहयोगले विद्यालयको सपना पुरा हुने संकेत देखिएकाले निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुलीले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक बाल्मी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आर.के.शीतलले गर्नुभएको थियो । त्यस अवसरमा मुख्य वाचक बाल योगेश्वर महाराज लगायत सहवाचक, उपवाचक एवं कलाकारहरुको टोलीलाई मायाको चिनोसहित विदाई गरिएको थियो ।

महायज्ञमा बुढाथोकी परिवारद्धारा २६ लाख दान

बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा घोराहीको एयक परिवारले २६ लाख बढि दान गरेको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा घोराही १३ सेवार निबासी बुढाथोकी परिवारले २६ लाख ११ हजार १ सय ५५ रुपैया दान गरेको छ । महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीको परिवारले सो रकम दान गरेको हो ।

जुन यस महायज्ञको सर्वाधिक दान हो । स्वर्गीय हजुरबुवा खिमबहादुर बुढाथोकी, स्वर्गीय हजुरआमा ललीता बुढाथोकी, स्वर्गीय लोकसिं बुढाथोकी, स्वर्गीय यज्ञबहादुर बुढाथोकी र नरेश बुढाथोकीको स्मृतिमा विजया बुढाथोकी, रीता बुढाथोकी, ओमभक्त बुढाथोकी, शान्ता बुढाथोकी, भरत बुढाथोकी, ईन्दिरा बुढाथोकी, ईञ्जीनियर तर्कबहादुर बुढाथोकी, पुनम बुढाथोकी, प्रा.अर्जुनकुमार बुढाथोकी, गीता बुढाथोकी, सरद बुढाथोकी, प्रमीता बुढाथोकी, पारु बुढाथोकी, मनोज बुढाथोकी, आशा बुढाथोकी, प्रशान्त बुढाथोकी, चेतना बुढाथोकी, प्रज्वल बुढाथोकी, श्रृजना बुढाथोकी, विवनय बुढाथोकी विभु बुढाथोकी, सि.ए. अभ्यास बुढाथोकी, सुभम बुढाथोकी, डा.विक्रम बुढाथोकी लगायत बुढाथोकी परिवारले महायज्ञको आठौँ दिन विहीवार सो रकम दान गर्नुभएको हो ।

महायज्ञमा आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका १३ का विमला गिरीको परिवारले १२ लाख ५१ हजार रुपैया दान गरेको छ । स्वर्गीय हजुरवुवा रणु गिरी, हजुरआमा तुलसा गिरी, स्वर्गीय ससुरा शुभान गिरी, सासु मीना गिरी र स्वर्गीय वुवा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा.अञ्जु गिरी, ईञ्जीनियर आश्था गिरी र छोरा अवनिस गिरीले दान गर्नुभएको छ ।

यस्तै युवा व्यवसायी घोराही उपमहानगरपालिका वडा नम्बर १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ । स्वर्गीय आमा खड्गकुमारी खत्री र स्वर्गीय वुवा लोकबहादुर खत्रीको स्मृतिमा छोरा दुर्लभ केसी र बुहारी सुम्नीमा केसीले सो रकम दान गर्नुभएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो ।
महायज्ञमा विहीवार १ करोड दीप प्रज्वलन गरिएको थियो भने शुक्रवार १ हजार ८ कन्या पूजा गरिएको छ ।

महायज्ञ आयोजकद्धारा धन्यवाद ज्ञापन

बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामामाघ ३ गतेदेखी शुक्रवारसम्म सञ्चालित सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्णमा आयोजक मूल समितिले धन्यवाद दिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्ण दानविर, आयोजक मूल समिति, समिति, उपसमितिका संयोजक ज्यूहरु, उद्योगी व्यवसायी, शिक्षाप्रेमी, स्थानीय तह, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्था, सामजिक संघसंस्था, विद्यालयहरु, पत्रकारहरु, महिला संघसंगठन, माजनवअधिकारकर्मी, सुरक्षा निकाय, पण्डीत ज्यूहरु लगायत सम्पूर्णमा धन्यवाद दिएको छ ।

महायज्ञ सम्पन्न भएपश्चात आयोजक मूल समितिका संयोजक विमला योगीको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*