दाङ,२० भदौ । नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पार्वती डिसी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन ।
बुधवार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै सांसद चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चल्न नदिन सत्तारुड दलका केही व्यक्तिहरुले षड्यन्त्र गरिरहेको बताइन ।
‘ स्वास्थ्य जनताको नैसंर्गीक अधिकार भएपनि राप्तीवासीलाई स्वास्थ्यवाट रोक्ने षडयन्त्र हुदैछ’,संसादमा चौधरीले भनिन्,‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यथासिघ्र सञ्चालन गरियोस ।’
सांसद चौधरीले सभामुख समेत त्यही स्थानवाट निर्वाचित भएको स्मरण गराउदै आफनो क्षेत्रमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जतिसक्योे चाडो सञ्चालन ल्याउन पहल गर्न समेत माग गरेकी हुन ।
RaptiSandesh RaptiSandesh