Home / Feature Breaking news / जगै नखनी सकियो विद्यालयलाई छुट्याएको १८ लाख

जगै नखनी सकियो विद्यालयलाई छुट्याएको १८ लाख

कालिकोट,१५ साउन । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ मा रहेकाको कालिका माध्यमिक विद्यालय भवन निर्माणका लागि साविकको जिल्ला शिक्षा कार्यालय कालिकोटले छुट्‍याएको १८ लाख रुपैयाँ कामै नगरी हिनामिना भएको छ।

कालिका माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणका लागि आ..। ०७४ ÷ ७५ को जिल्ला शिक्षा कार्यालय कालिकोटले १८ लाख रकम बिनियोजित गरेको थियो। विद्यालयका लागि विनियोजित भएको १८ लाख रुपैयाँ विनियोजित गरेकोमा पैसा सकिएको तर विद्यालय जग समेत नखनिएको स्थानीयको बताए। विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षाका प्राविधिक र वडा अध्यक्षको मिलोमोतोमा अनियमितता भएको स्थानीयले आरोप लागाएका छन्। विद्यालय भवन निर्माणमा अनियमिता भएको आशंकामा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम कालिका माध्यमिक विद्यालयमा गएको त्यहाँ जाँदा विद्यालयको भवन निर्माणको कुरा छोडौं जगसमेत नखनेको बताए।

‘१८ लाख रुपैयाँ बन्ने विद्यालय भवनको जगसमेत खनिएको छैन।’ उनले भने,‘बीच बाटोमा जिल्ला शिक्षा कार्यालयका पदाधिकारी स्थानीय जनप्रतिनीधि र विद्यालयका प्रधानध्यापक मिलेमतोमा रकम हिनामिना भएको छ।’ भवन निर्माणका लागि जग समेत नखने र विद्यालयको रकम हिनामिना गर्नेलाई तत्काल छानविन गरी कारवाही माग गरी जिल्ला शिक्षा समन्वय इकाइमा खबर गरिएको गाउँपालिका अध्यक्ष बमले बताए।

‘विद्यालय रकम हिनामिना भएको विषयमा जिल्ला शिक्षा समन्वय इकाइलाई जानकारी गराएको छु।’ उनले भने,‘यस विषयमा आवश्यक छानविन होस्।’ सामान खरिद प्रक्रियामा छौँ स् विद्यालय प्रधानाध्यापक भवन निर्माणका लागि विद्यालयको खातामार्फत चैतमा ९ लाख रुपैयाँ आएको, थप ९ लाख रुपैयाँ असार मसान्तमा सामान खरिदका लागि आएको र सामान खरिद प्रक्रियामा रहेको विद्यालयका प्रधानाध्यापक पदम बुचामगरले बताए। ‘विद्यालय खातामा चैत्र महिनामा ९ लाख रुपैयाँ आएको थियो।’ उनले भने,‘सामान खरिद गर्न भनेर जिल्ला शिक्षा समन्वय इकाई असार मसान्तमा ९ लाख रुपैयाँ विद्यालयको खातामा हालेको छ। अहिले हामी सामान खरिद गर्ने प्रक्रियामा रहेका छौं।’

विद्यालयमा पुगेको भनिएको सामानै छैन स् गाउँपालिका अध्यक्ष विद्यालयमा पुग्यो भनेर जिल्ला शिक्षा सवन्वय इकाइलाई वडा अध्यक्ष मानबहादुर भण्डारीले सिफारिस गरेको सामान पनि विद्यालयमा नरहेको गाउँपालिका अध्यक्ष बमले बताए। वडा अध्यक्ष भण्डारीले विद्यालयमा फलामे छड (सरियां) २० क्विन्टल, ओपिसी सिमेन्ट १ सय बोरा, ढुङ्गा, बालुवा, गिट्टी विद्यालयमा पुगेको भनेर जिल्ला शिक्षा सवन्वय इकाईलाई सिफारिस गरेका छन्।

विद्यालयमा पुग्यो भनिएका सामान फलामे छड १ क्विन्टल, ओपिसी सिमेन्ट ४० बोरा र केही ढुंगा र बालुवा मात्र विद्यालय भवन निर्माणका लागि पुगेको गाउँपालिका अध्यक्ष बमले बताए। ‘विद्यालय भवन निर्माणका लागि न्यून सामान मात्र विद्यालयमा पुगेको छ।’ उनले भने,‘अन्य कुनै सामान विद्यालयमा पुगको छैन।’ विद्यालयको खाता रोक्का विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ९ लाख रुपैयाँ भुक्तानी दिएको विद्यालय भवन निर्माण नभएको गुनासो आएपछि अरू ९ लाख रुपैयाँ विद्यालयमा खाता गएको र अहिले खाता रोक्का गरिएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मकरबहादुर भण्डारीले फोन सम्पर्कमा बताए।

‘विद्यालयमा भवन निर्माणमा केही समस्या आएपछि विद्यालयको खाता रोक्का गरिएको छ।’ उनले भने। विद्यालयका अन्य विषयमा कुरा गर्दा प्रमुख भण्डारीले आफूलाई अहिले अर्को फोन आएको पछि फोन सम्पर्क गर्न भने।

विद्यालयको अवस्था जोखिमपूर्ण विद्यालयमा निर्माण भएका अन्य भवन पनि बस्नका लागि योग्य छैनन्। भवन ३ वटा छन् तर प्रयोगमा आउन सकेका छैनन्। कमजोर बनावट भएकाले यी भवन पनि जोखिमपूर्ण रहेको छ। विद्यालय व्यवस्थापन समितिले भने समितिभित्रै एक अर्काले काम गर्न नदिएको भन्दै आरोप लगाउँदै आइरहेका छन् भने विद्यालयको अवस्था निकै जीर्ण बन्दै गइरहेको छ। थाहाखबर अनलाईनवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*