घोराही,१२ मंसिर । ड्याटसन कम्पनीको नया कार घोराहीमा लञ्च गरिएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको अटोमोबाइल ब्राण्ड ड्याटसनले ड्याटसन रेडी–गो १.० एल मोडेलको कार घोराहीमा लञ्च गरिएको हो ।
डयाटसन रेडी –गो १.० एल ’ दुई किसिमका रेडि–गो १.० टी (०) र रेडी–गो एस मोडेलका कारहरु रहेका छन । नयाँ विशेषताहरु सेन्ट्रल लकिङ्ग,रिमोर्ट किलेस इन्ट्री,ब्लयाक इन्टेरियर,हर्न प्याड र सिल्भर फिनिरिङग एसीलगायतका विशेषताहरु कारमा रहेका ड्याटसनका सेल्स म्यानेजर प्रशान्त उपाध्यायले जानकारी गराए ।
इसान बढि पावरपुल र आरामदायी रहेको ड्याटसनका नेपाल सेल्स म्यान उपाध्यायले बताए । उनका अनुसार रेडी–गो १.०एल बजारमा नेपाली ग्राहकका माझ लोकप्रिय बन्दै गएको छ । रेडि–गो १.० टी (०)को मुल्य १९ लाख ४९ हजार रुपैया र रेडी–गो एस मोडेलको मुल्य २० लाख ४९ हजार रहेको ड्याटसन कारका आधिकारिक विक्रेटा राप्ती अटो टे«निकका प्रमुख भोलानाथ योगीले बताए ।
निशुल्क सडक कर,तीन वषर्को फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ । कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक अटोमोबाइल ब्राण्डका रुपमा लिइएको योगीले बताएका थिए । कारको खरिदमा एक लाखसम्मको छुट र एक्सचेन्जलगायतका सुविधाहरु रहेका छन ।
अन्य कम्पनीकाकारको तुलनामा डाटसनका गाडीले दिने माइलेजले यसका उपभोक्ता सन्तुष्ट बनेका छन् । शक्तिशाली इञ्जिनका कारण शहर, राजमार्ग, तथा कच्ची सडकमा पनि चलाउदा कुनै समस्या नदेखिने कम्पनीले जनाएको छ ।
राप्ती अटो टे«निकका प्रमुख भोलानाथ योगीको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ड्याटसनका सेल्स म्यानेजर प्रशान्त उपाध्याय,नेपाल टे«ड युनियन काग्रेस केन्द्रीय उपाध्यक्ष बमबहादुर डिसी,नागरिक समाजका श्रीमण न्यौपानेलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन धनिराम योगीले गरेका थिए ।
RaptiSandesh RaptiSandesh