दाङ, १२ मंसीर
नेपाली कांग्रेसलाई जिताउनकालागि प्रचण्ड अर्थात प्रचण्डविक्रम न्यौपाने(गुन्टु) गाँउगाँउमा पसेका छन् । नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि मत माग्दै उनी गाँउगाँउमा पुगेका छन् ।
दाङ हापुर निवासी गुन्टु आगमी मंसीर २१ गते हुने निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि गाँउगाँउमा पुग्ने गरेका छन् । नेविसंघका नेता समेत रहेका उनी यस पटकको निर्वाचनमा करिब १ महिनादेखी दाङमै बसेर प्रचारप्रचारमा खटिएका छन् ।
नेविसंघको त्रिचन्द्र क्याम्पस सभापतिबाट सोही क्याम्पसको स्ववियू सचिव भएर लामो समयमा विद्यार्थी राजनिती गरेका छन् । नेविसंघको केन्द्रिय पूर्व सहमहामन्त्री समेत भईसकेका गुन्टु हाल नेपाली कांग्रेससँगै विदार्थी राजनितिमा सक्रीय छन् ।
यस पटक उनी नेपाली कांग्रेस परिवारका हुन् । मंसीर २१ गते हुने निर्वाचनकालागि दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट कांग्रेसका उमेद्वार भरतबहादुर न्यौपानेका छोरा गुन्टु यस पटकको निर्वाचनमा वुवा लगायत कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउन क्रियाशील भएर लागेका छन् ।