Home / Feature Breaking news / अन्तर्राष्ट्रिय महिला दिवशमा किशोरीलाई मानसिक स्वास्थ्य सचेतना

अन्तर्राष्ट्रिय महिला दिवशमा किशोरीलाई मानसिक स्वास्थ्य सचेतना

घोराही, २४ फागुन

११६ औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा घोराहीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

‘सबै महिला र वालिकाको अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने मूल नाराका साथ मनाईएको महिला दिवशको अवसरमा किशोरीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको आयोजनामा भएको सचेतना कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक स्वास्थ्य समस्या हुनुका कारण, लक्षण, व्यवस्थापनका उपाय लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापका अध्यक्ष बिमला योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका जनस्वास्थ्य पवर्धन शाखा प्रमुख राधा पौडेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या समुदायमा बढ्दो मात्रामा देखिएकाले यसको न्यूनिकरणका लागि सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा अभियान कै रुपमा अगाडी बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी किशोरीहरुले कार्यक्रम आफूहरुको लागि उपयोगी भएको बताएका थिए । कार्यक्रमको सहजिकरण मनोविर्शकर्ता निर्मला चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*