घोराही, २४ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही अनलाइन मिडियाहरुले सत्य तथ्य नबुझी लाञ्छना लगाउने उद्देश्यले पुर्वाग्रही रुपमा समाचार प्रकाशन गरेको भन्दै संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले विहीवार संयुक्त विज्ञप्ति जारी गर्दैै ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
विज्ञप्तिमा संघको १६ औँ वार्षिक साधारण सभा, स्वणर्जयन्ती तथा निर्वाचन कार्यक्रमको विषयलाई लिएर केही अनलाइन मिडियाहरुले सत्य तथ्य नबुझी लाञ्छना लगाउने उद्देश्यले पुर्वाग्रही रुपमा समाचार प्रकाशन गरिएकोप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा यस्ता खाले कपोकल्पित भ्रामक समाचारप्रति सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरु तथा आम जनसमुदायमा सत्यता नरहेको अनुरोध गर्दछौ । साथै संघको बारेमा कुनै पनि समाचार वा सुचना प्रकाशन गर्दा आधिकारिक रुपमा सुचना माग गरी प्रकाशन गर्न हुन अनुरोध गर्दछौ ।