बर्दिया ठाकुरबाबा नगरपालिका– ३, मिर्चैयामा रहेको झरसल्वा सामुदायिक वनमा हात्ती मृत फेला परेको छ।
हात्तीको शव कुहिन लागेको अवस्थामा फेला परेपछि सामुदायिक वनका उपभोक्ताले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । हात्ती के कति कारणले मरेको हो भन्नेबारेमा अध्ययन भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।
उनले भने, ‘मृत हात्तीको बारेमा अध्ययन गर्न हामी घटनास्थल पुग्दै छौँ। पुगेपछि मात्र थप विवरण उपलब्ध हुन्छ।’ बुधबार दिउँसो झरसल्वा सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा फेला परेको हो।
यसअघि चार दिनअगाडि ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ खैलार गाउँमा रहेको नजिकैको खेतमा पनि अर्को एक जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो।
RaptiSandesh RaptiSandesh