Home / Feature Breaking news / घोराही ७ घुस्राको राधाकृष्ण मन्दिर उद्घाटन

घोराही ७ घुस्राको राधाकृष्ण मन्दिर उद्घाटन

घोराही, ८ भदौ

घोराही उपमहानगरपालिका वडा नं ७ घुस्रामा राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । मन्दिरको लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष भिमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विकासकालागी सबै राजनितिक दल तथा संघसंस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । मन्दिर निर्माणमा सिंगो गाउँ नै एकजुट भएर लागेका कारण राधाकृष्ण मन्दिरको निर्माण भएको उदाहरण दिदै हरेक विकासका काममा समाज एकजुट भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

राधाकृष्ण मन्दिरको परिसरमा अझै मर्मत गर्नुपर्ने भएकाले यसकालागी सबै लागीपर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले हरेक विकाससँग रोजगारी र उत्पादन जोडिने भएकाले विकासमा स्थानीय उत्पादनको बजारिकरण र रोजगारीलाई प्राथमीकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, महाधिवेशन प्रतिनिधी बद्रिकुमार खड्का, घोराही ७ का वडा सदस्य चिजबहादुर चौधरी, नेकपा एमालेका जिल्ला सदस्य मोहन आचार्य, नेपाली कांग्रेस प्रदेश क्षेत्र न. २(२) का सभापति अभियान बस्नेत, जनशक्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सचिन चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

घुस्रा टोल विकास संस्थाका अध्यक्ष तिर्थराज चौधरीको स्वागत मन्तव्यबाट सुर भएको कार्यक्रमको सहजिकरण मन्दिर निर्माण समितिको सचिव तिलकराम आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*