प्रहरी हिरासतमा रहेका एक जना सशस्त्र प्रहरीले आत्महत्या गरेका छन् ।
वडा प्रहरी कार्यालय घोराहीको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । प्यूठानको वडडाँडा घर भइ दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर सोमबार बिहान शौचालयमा पाँच बजेतिर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
मगर आफ्नै गञ्जी र टिर्सटको पासो लगाएर सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
उनी र सहायक हवल्दार भरत रोका मगर यौन दुब्र्यबहारको आरोपमा कात्तिक ७ गते पक्राउ परेका थिए ।
असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै दसैंको समयमा हालेको पिङ खेल्न गएका मध्य स्थानीय एक जना ८ बर्षीया र अर्की १४ बर्षीया नाबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरी आँफैले उनीहरुलाई पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।
RaptiSandesh RaptiSandesh