Home / Feature Breaking news / मानव सेवा घरमा महिला सामुदायिक : खीर खुवाउदै नचाउदै

मानव सेवा घरमा महिला सामुदायिक : खीर खुवाउदै नचाउदै

दिउसोको २ बज्दै थियो । झिमझिम पानी परिरहेको थियो । पानी छल्न ¥याङकोट लगाएका व्यक्तीहरुको एक हुल मोटरसाईकल र स्कुटी लिएर मानव सेवा घरको गेटमा रोकीयो । रंगीचङ्गी रंगको ¥याङकोट । कोहीले ¥याङकोट सेटमा भने कोही हाफ ¥याङकोटमा ।

युवाहरुको समूह घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुरमा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा प्रवेश ग¥यो । भित्र प्रवेश गर्नासाथ ३÷४ जनाले मानव सेवा घरको तर्फबाट गेटमै नमस्कार गरेर स्वागत गरे । सेवा घरको पश्चिमतर्फको भवनमा लाईनसँग ३५÷४० जना बसेका थिए । धेरैजसो व्यक्तीहरु बेञ्चमा बसेका थिए भने ३ जना भुईमा र एक जना ह्वील चियरमा बसिरहेको अवश्थामा सेवा घरका व्यक्तीहरु बसिरहेका थिए ।

भिडबाट एक जना बोलिन्– ‘ल है तपाई सबै सर मेडमहरुलाई स्वागत छ ।’ भिडतिर औला ठड्याउदै ती महिलाले भनीन् ‘तपाई त पहिले नि आउनुभाथ्यो नि ?’ सेवा घरमा रहेका मध्य धेरैजसो व्यक्तीले स्वागत गर्दै नमस्कार गरे भने केही व्यक्तीहरु आफ्नै तालमा बोलिरहेका थिए । उनीहरुलाई को आयो मतलब नै थिएन ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा पुगेको टोलीले कसैले मोबाईल निकालेर भिडियो खिच्न थाले, कसैले शीर निहुराएर जेष्ठ नागरिकहरुलाई ढोक्दै आशीर्वाद लिन थाले भने केहीले ह्वील चियरमा बसेकाहरुसँग कुरा गर्न थाले । भुईमा बसेका व्यक्तीहरुलाई किन भुईमा बस्नुभएको उठ्नुस् भनेर हात तान्न थाले । सहयोगको भावनाले पुगेको टोलीले आफ्नै तरिकाले सहानुभुति प्रकट गरिरहे ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र परिवार आफ्नो ३१ औँ स्थापना दिवशको अवसरमा मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा न. १० मा सञ्चालन गरेको सेवा घरमा रहेका असहाय व्यक्तीहरुलाई दिवा खाजा खुवाउने र अत्यावश्यकीय सामाग्री सहयोग गर्ने उद्धेश्यकासाथ अध्यक्ष कल्पना न्यौपानेको नेतृत्वमा पुगेको थियो । दिउसोको समयमा खीर पुरी तरकारी खुवाउने र सेवा घरकालागी अत्यावश्यक सामाग्रीहरु सहयोग गर्नकालागी पुगेको टोलीले किचनमा काम सुरु ग¥यो ।

सेवा घरसँगको समन्वय अनुसार खाजाकालागी सामाग्रीहरु तयार थियो । एक टोली खीर, एक टोली पुरी र अर्को टोली अचार व्यवस्थापनतिर लाथ्यो । घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेको उपस्थितिसँगै खाजा खुवाउन सुरु भयो । सबैको अगाडी खीर पुरी अचार रहेको थाली राखीयो । सबैजना मुखामुख गरिरहे । खान सुरु नगरेपछि ल खानुस् अब सबै जनाले भनेपछि सबै जनाले सँगै खान सुरु गरे । लाग्यो सबैको सँगै खाने बानी रहेछ । सबै जनाले खान थाले ।

जसमा सेवा घरको संस्कार झल्कन्थ्यो । खादा कसैले निधक्कसँग खाए भने कसैले हात कपाउदै खाए । अप्ठेरो गरेर खाएको देख्दा सहभागी एक जनाले सेवा घर व्यवस्थापकलाई सोधीन्– ‘उहाँले त खान नै सक्नुभएको छैन किन हो, गाह्रो भएको हो ।’ सेवा घरका संयोजक सुस्मीता श्रेष्ठले भनीन्– ‘उहाँलाई प्यारालाईसीस भएको हो म्याडम त्यसैले गाह्रो भएको हो, विस्तारै खानुहुन्छ ।’ खाईसकेपछि सक्नेले आफै थाल लिएर धारामा सफा गर्नुभयो भने नसक्नेले थाली त्यही छोडेर हातमुख सफा गर्नुभयो । यी दृष्यहरु सेवा केन्द्रको टिमले नियालीरहेको थियो । कतिले त चिनिरहेको अनुहार देखेर आश्चर्य व्यक्त गरिरहेका थिए ।
केन्द्रको स्थापना दिवशको अवसरमा सेवा घरका व्यक्तीहरुलाई खाजा (खिर, पुरी अचार) खुवाउनुकासाथै सेवा घरकालागी अत्यावश्यकीय सामाग्रीहरु पनि सहयोग गरेको छ । खाद्यान्नकासाथै सरसफाईका सामाग्रीहरु, भान्साकालागी आवश्यक सामाग्रीहरु सहयोग गरिएको थियो ।

चामल, दाल, नुन, तेल, बेसार, धनिया, जिरा, मेथी, स्याम्फु, साबु, सर्फ, चक्कु, हर्पिक, फिनाईल, डाईपर, नमकीन लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो । छोटो औपचारिक कार्यक्रम गरेर सामाग्री हस्तान्तरण गरिएको थियो । सहभागीहरुलाई प्ररणादायी भनाईहरुसहित सेवा घरका संयोजक सुस्मीता श्रेष्ठले टीका खादा स्वागत गर्नुभएको थियो । चौपचारिक कार्यक्रम पश्चात नाचगान गरेर मनोरञ्जन प्रदान गरिएको थियो । जसमा सेवा घरका व्यक्तीहरु खुशीका साथ छम्की छम्की नाचे ।

सामाग्री हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले भनीन्– ‘नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखी नै सामाजिक कार्य गर्दै आएको छ । मानव सेवा घरमा रहेका बेसाहरा दाजुभाई दिदिबहिनीहरुलाई सेवा गर्ने मौका पायाँैँ । सेवा घरसँगको समन्वयमा दिउसोको खाजा खुवायौ भने अत्यावश्यकीय भान्सा र सरसफाईमा प्रयोग हुने सामाग्रीहरु सहयोग गरेका छौँ । आगामी दिनमा पनि सेवा घरसँगको सहकार्य जारी नै रहनेछ ।’

सेवा केन्द्रले ३१ औँ स्थापना दिवश रक्तदान एवं सेवा घरमा सहयोग लगायत सामाजिक कार्य गरेर मनाएको न्यौपानेले बताईन् । महिला सामुदायिकले मानसिक स्वास्थ्यको क्षेत्रमा पनि लामो समयदेखी काम गर्दै आएकाले मानव मुक्त सडक बनाउने सरकार र सेवा घरको अभियानमा सधै सहकार्य गर्न तयार रहेको पनि उनको भनाई थियो ।

कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका वडा न. १० का वडाअध्यक्ष दिपक पाण्डेले जसको कोही छैन त्यस्ता व्यक्तीहरुलाई राखेर सेवा गरेर मानव सेवा घरले उदाहरणीय काम गरेको बताए ।

पाण्डेले सरकारले गर्नुपर्ने काम मानव कल्याण समाजले गरिरहेको भन्दै सबैको सहयोगले मात्र मानव सेवा घर चल्ने भएकाले सबैलाई सेवा घरमा सहयोग गर्न आह्वान गरे । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक कार्यमा लामो समयदेखी काम गरेको विषयमा आफू जानकार रहेको बताउदै वडाअध्यक्ष पाण्डेले आगामी दिनमा पनि यस अभियानलाई जारी राख्न अनुरोध गरे ।

मानव कल्याण समाज (सेवा घर) नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठले सबैको सहयोगले सेवा घर सञ्चालनमा रहेको बताईन् । व्यक्ती तथा संघसंस्थाहरुले आफ्नो विशेष दिनको अवसरमा गर्ने सहयोगले पनि सेवा घर सञ्चालनकालागी धेरै सहज भएको उनले बताईन् । वि.स २०७६ सालबाट दाङमा सञ्चालन भएको मानव सेवा घर घोराही उपमहानगरपालिका वडा न. १० मा हाल ४० जना रहेको उनले जानकारी दिईन् । साथै करिब एक सय ५० बढि व्यक्तीहरुलाई नारायणपुर शाखाले सेवा दिईसकेको श्रेष्ठले बताईन् ।

भक्तपुर केन्द्रिय कार्यालय रहेर काम गरिरहेको मानव कल्याण समाजले हाल ६ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । भक्तपुर झौखेल, निजगढ हेटौडा, पशुपति क्षेत्र गौशाला, पनौति भक्तपुर, सौखु काभ्रे र नारायणपुर दाङबाट सेवा घर सञ्चालन गरेको छ । हाल ३ सय बढि व्यक्तीहरुलाई सेवा घरले सेवा दिईरहेको र जसमध्य ४५ जना बालबालिकाहरुमात्र रहेको सेवा घर नारायणपुरका संयोजक श्रेष्ठले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*