Home / समाचार / माध्यामिक विद्यालय सिक्टाका शिक्षकलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

माध्यामिक विद्यालय सिक्टाका शिक्षकलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।

पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै आज बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ ।

पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*