Home / Feature Breaking news / युुवा खेलाडीसंग युवा नेता प्रचण्ड

युुवा खेलाडीसंग युवा नेता प्रचण्ड

युवा खेलाडीहरुको जमघट । खेलप्रतिको अधिक मोह पालेका युवा समूह मैदानमा थियो । खेल क्षेत्रको विकासका लागि ‘अब्यक्त’ चाहनालाई कसले क्यास गरिदेला ? हुन त जिल्लाभरका खेलाडीहरुको मनोभाव अहिले यहि नै छ । घोराही ६ को एक चउरमा फूटवल खेलको तयारीमा रहेका युवाहरुका लागि पनि खेल क्षेत्रको विकासको चाहना हुनु अस्वाभाविकै पक्कै थिएन । युवाहरुको खेल प्रतिको उत्साह बढाउन युवा नेतृत्वकै आवश्यक्ता बोध भैरहेको अवस्थामा युवा नेता प्रचण्ड न्यौपाने खेलाडीहरुलाई उत्साहित बनाउने उहि खेल मैदानमै पुगे । दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार न्यौपाने उनै युवाहरुको भिडमा हराए । युवाहरुको खेल प्रतिको उत्साहलाई बुझे । अनि खेल क्षेत्रको विकासको योजनाका तानाबुना बुने । ‘खेल प्रतिको उत्साहलाई थप बढावा दिन मैले मेरो तर्फबाट सहयोग गर्ने छु,’ न्यौपानेले भने ‘खेल क्षेत्रको विकास मेरो उच्च प्राथमिकतामा छ ।’
त्यसोत, कांग्रेसका युवा नेता न्यौपाने युवाहरुको हकहितका लागि बर्षौँ सम्म सडक आन्दोलनमा कराए । आवाज बुलन्द गरे । राज्यलाई युवाहरुको चासोलाई सम्बोधन गर्न उत्तरदायि बन्न दबाब दिए । विभिन्न आन्दोलन वा अभियानका क्रममा युवा चाहनालाई सम्बोधन गर्न दबाब दिएका उनै न्यौपाने युवाहरुको माग सम्बोधन गर्ने निकायमा पुग्ने दौडमा छन् । नेपालमा खेल क्षेत्रको विकास अपरिहार्य देख्दै आएका छन् न्यौपानेले । अझ आफ्नो चुनावी क्षेत्रमा खेल क्षेत्रको विकास कसरी गर्न सकिन्छ ? भन्ने अधिक चिन्तन उनि भित्र छ । ‘युवाहरु ख्ेल क्षेत्रबाट उदाउने प्रशस्त सम्भावनाहरु छन्, खेलका लागि तत्पर बन्न सक्ने सक्षम युवाहरु छन्,’ उनले भने ‘तर उनिहरुलाई खेल क्षेत्रमा समर्पित बनाउनका लागि खेलको उचित वातावरण बनाउनु पर्छ, त्यसो हुन सकेको छैन ।’
घोराही उपमहानगरको वडा नम्बर ६ मा फूटवल खेल्न थालेका युवाहरु इुवा नेता न्यौपानको उपस्थितीले दंग बनेका थिए । उनिहरुले न्यौपानेबाट आफुहरुको खेल क्षेत्रको विकास हुने उचो सम्भावना देखे । अनि आफूहरुको कार्यक्रमको प्रमुख अतिथि उनै न्यौपानेलाई बनाए । ‘ग्रामिण क्षेत्रमा स्रोत साधन बिनै खेल क्षेत्रमा उत्साह बढिरहेको छ,’ उनले भने ‘आज म घोराही ६ मा जाँदा पनि त्यो उत्साह पाएँ, तर ति खेलाडीहरुलाई स्रोत साधन सम्पन्न कसरी बनाउने भन्ने अबको मेरो अभियान हो ।’
साथै उपस्थित युवा खेलाडीहरुले पनि युवा नेताबाट मात्रै खेल क्षेत्रको विकास सम्भव भएको महशुस गरेका थिए । ‘खेल क्षेत्रको विकासका लागि युवा नेता नै चाहिएको छ भन्ने महशुस युवा साथीहरुले गर्नुभएको छ,’ न्यौपानेले भने ‘म युवा भएकै कारण म बाट उहाँहरुले अझ बढि आशा राख्नु स्वाभाविक हो र मैले खेलका लागि उचित वातावरण निर्माणका लागि भूमिका खेल्नेमा कुनै शंकै छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*