Home / Feature Breaking news / करेन्ट लागेर श्रीमान श्रीमतिकाे मृत्यु

करेन्ट लागेर श्रीमान श्रीमतिकाे मृत्यु

दाङ, १६ साउन
करेन्ट लागेर दाङमा दुई जनाकाे मृत्यु भएकाे छ ।साेमवार दिउसाे करेन्ट लागेर रापेती गाँउपालिकाका श्रीमान् श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । घाइतेको भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिए । घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उनको शरिरमा परेपछि करेन्ट लागेर दुवै जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*