नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।
नागरिकता विधेयक संसदबाट पारित भएकाे खुशीयालीमा घाेराहीमा दीप प्रज्वलन गरिएकाे छ । नेपाली कांग्रेस दाङ पार्टि कार्यालयमा दीप प्रज्वलन गरिएकाे हाे । कांग्रेस नेता कार्यकर्ताकाे उपस्थितिमा दीप प्रज्वलन गरिएकाे थियाे ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेपाली कांग्रेस घाेराही नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ के.सी, धर्मेन्द्र श्रेष्ठ, किरण बाेहरा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
RaptiSandesh RaptiSandesh