सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्।
साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने पनि थापाले बताए।
थापाकाअनुसार मंसिर पहिलो साता चुनाव हुनेछ।
‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ। मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले आज ललितपुरमा आयोजित कार्यक्रममा भने। थापाले मतदाता नामावलीमा नाम लेखाउन बाँकी रहेकाले अब एक साताभित्र नाम लेखाउनुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई निर्वाचन आयो भन्ने हिसावले अब खट्न पनि आग्रह गरेका थिए।
RaptiSandesh RaptiSandesh