Home / Feature Breaking news / तेश्रो नारायणपुर कप फुटबलको उपाधि युएनबिसीलाई

तेश्रो नारायणपुर कप फुटबलको उपाधि युएनबिसीलाई

दाङ,५ जेठ । तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता–२०७५ को उपाधि घोराहीको युनाईटेड नयाँ बजार क्लव ९युएनबिसी०ले हात पारेको छ । शनिवार नारायणपुरको बिपी खेल मैदानमा भएको फाइनल खेलमा घोराहीको उज्यालो बिहानी फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरमा हराउदै युएनबिसीले उपाधि जितेको हो ।

जितसँगै युनएविसीले नगद ३० हजार रुपैयासहित शिल्ड,प्रमाणपत्र प्राप्त गरेका छन । जितका लागि युएनबिसीका खेलाडी रुपक शाही २ गोल, आषिक पुन १ गोल, सुन्दर रावत १ गोल र रविन रोकामगरले १ गोल गरेका थिए । प्रतियोगितामा उज्यालो बिहानी फुटवल क्लव उपबिजेता भएको छ । फाइनल खेलमा उज्यालो बिहानी फुटवल क्लवका तर्फवाट सागर थापाले एक गोल मात्र गर्न सफल भएका थिए ।

उपबिजेता उज्यालो बिहानी फुटबल क्वलले नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । बिजेता र उपबिजेता क्लवहरुलाई कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठ र घोराही उपमहानगरपालिका वडा नं। १०का वडाअध्यक्ष चित्रबहादुर डागी ९निर्मल०ले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको समापन अवसरमा युनएनबिसीका शिवराज गिरी बेष्ट किपर, युएनबिसीका रविन रोका बेष्ट डिफेन्डर, प्रतियोगिता भरका उत्कृष्ट खेलाडी न्यु स्टार फुटवल एकेडेमीका क्याप्टेन बसन्त वली, फाइनल खेलका म्यान अफ द म्याच युनएविसीका रुपक शाही घोषित भएका थिए । प्रतियोगितामा एम्पाएरमा डिएन दाहाल, शिवहरी शर्मा, नरेन्द्र पुन, खुमबहादुर वली, चन्द्र नेपाली, दोर्ण योगी, दिपेन्द्र चौधरी,लगाएतका रहेका थिए । न्यू स्टार फुटवल एकेडेमी नारायणपुरको आयोजनामा यहि बैशाख २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका २० टिमहरुको सहभागिता रहेको थियो ।

एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संघसस्था,खेलाडी,सुभचिन्तकहरुमा धन्यावाद व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*