Home / Feature Breaking news / नयाँ नेतृत्व चयनका लागि घोराही खानेपानीमा आज मतदान

नयाँ नेतृत्व चयनका लागि घोराही खानेपानीमा आज मतदान

दाङ,२५ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनको लागि आज शनिवार मतदान हुँदैछ ।

नेतृत्वको लागि दुईवटा प्यानल चुनावी प्रतिष्पर्धामा छन् । एउटा समूहको नेतृत्व वर्तमान अध्यक्ष देविबहादुर डिसी र अर्को प्यानलको नेतृत्व नारायणप्रसाद भुसालले गरेका छन् । खानेपानीमा झण्डै ७ हजार उपभोक्ता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा समन्वय समितिको समर्थन प्राप्त गर्दै वर्तमान अध्यक्ष देवीबहादुर डिसी (देवी वकिल) चुनावमा छन् भने नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चाको साथ र समर्थन प्राप्त गरेर नारायणप्रसाद भुसाल चुनावी प्रतिष्पर्धामा छन् ।

उम्मेदवारहरू शुक्रवारसम्म आप्mना चुनावी प्रतिबद्धता लगेर घरदैलो तथा मतदाता भेटघाटमा छन् । दुवैले आप्mनो जितको सुनिश्चत भएको दाबी समेत गरेका छन् । डिसीको समूहबाट वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे, महिला उपाध्यक्षमा हेमन्ती पुन मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्ष धुव्र केसी छन् ।

यसैगरेर सदस्यहरूमा किशोरकुमार आचार्य, दिनेश वली, युवराज आचार्य, खुमा खड्का, विन्दु पाण्डे र यशोदादेवी पाण्डे छन् ।

यसैगरेर भुसाल समूहबाट वरिष्ठ उपाध्यक्ष नरबहादुर बुढाथोकी, महिला उपाध्यक्ष लक्ष्मीदेवीसिंह ठकुरी, सचिव दीपककुमार श्रेष्ठ, कोषाध्यक्ष सानुनारायण अधिकारी, महेशकुमार न्यौपाने, घोराही खानेपानीमा चुनाव आज सुनिलकुमार बनियाँ, हरिप्रसाद खरेल, ज्योति रोका मगर, देवकला पाण्डे र लक्ष्मी अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*