Home / Feature Breaking news / आफै ठेकेदार, आफै जनप्रतिनिधि

आफै ठेकेदार, आफै जनप्रतिनिधि

 गिरिराज नेपाली

घोराही, २२ बैशाख । घोराही उपहानगरपालिकाले आर्थिक चालु आर्थिक वर्षका घोराही –१० खैरीदेखि हापुर जोड्ने कालोपत्रे सडक निर्माणका लागि दशलाख रुपैया बिनियोजन ग¥यो । चुनावी सरगर्मी सँगै उक्त कालोपत्रे सडक निर्माणको काम उपमहानगरपालिकाले सुरु ग¥यो ।

दशलाख सम्मको योजना निर्माणको काम उपभोक्ता समिति मार्फत गर्नुपर्ने व्यवस्था उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले उपभोक्ता समिति काम र नाम कागजमा मात्रै सीमित पार्दै आफ्ना कार्यकर्तालाई उक्त सडक निर्माणको योजना ठेक्का दिएको छ । जसको निर्माणको जिम्मा वडा सदस्य उम्मेद्वार उठेका मानबहादुर जिसीलाई लिएका छन् । उनी नेकपा एमालेबाट घोराही उपहानगरपालिका वडा नंं. १० वडा सदस्यको उम्मेद्वार बनेका छन् । उक्त कालोपत्रे निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

तर उक्त सडक निर्माणको काम सम्झौता अनुरुप हुन सकेको छैन । कमसल प्रविधि कच्चा पदार्थको प्रयोग गरी सडक कालोपत्रेको काम भईरहेको छ । स्थानीयले उक्त कालोपत्रे सडक विस्तारको काममा रोक्न खोजेपनि निर्माणको जिम्मा लिएका नेकपा एमालेबाट वडा सदस्यका उम्मेद्वार बनेका जिसीले जवरजस्ती काम गरी रहेको स्थानीयको गुनासो छ । स्थानीय एक महिलाले नाम नबताउने शर्तमा भन्नुभयो–‘कालोपत्रे होईन, सडक कालो मात्रै गराउने काम गरिरहेका छन् । ’

आफै ठेकेदार आफै जनप्रतिनिधिको उम्मेद्वार भएकाले स्थानीय बोल्न चल्न नपाउने बाध्यता स्थानीय भोग्नु परिरहेको छ । सडक कालोपत्रेको नाममा मनपरी काम एमालेका नेता कार्यकर्ताहरुले गरी रहेकाले सडक कालोपत्रेको काम गुणस्तर हिन गरिएको समेत आरोप छ । स्थानीय एक व्यक्तिले भन्नुभयो–‘ उपहानगरपालिकाको लगानी बालुवामा पानी झै भएको छ । त्यो बारे हामी बोल्न पाएका छैनौं । सडक बिभागमा जाऔं भने उपहानगरपालिकाको काम हो । उपमहानगर जाऔं भने उनी आफै नै नेकपा एमालेका मेयरले दिएका हुन ।’

‘संघीय योजना भाइरल, उपमहानगरपालिका योजना अलपत्र’ घोराही उपहानगरपालिकाभित्र घोराही रक्षाचौर सडक जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । जसका कारण उक्त सडकलाई नै ‘भाइरल रोड’ भन्ने गरिन्छ । संघन शहरी विकास कार्यक्रम अन्र्तगत संघीय सरकारले १४ करोड, ८४ लाख २६ हजारको लागतमा २०७५ असार २ गतेदेखि १४ किलोमिटर कालोपत्रे विस्तारको थालनी गरेको हो । त्यस्तै संघन शहरी विकास कार्यक्रम अन्तर्गत घोराही रामपुर प्याकेज ३ अन्र्तगत ५३ करोड ३४ लाख ४५ हजार लागतमा निर्माण भएको हो भने सर्रा–सौडियार , नारायणपुर नारेवाङ, नारायणपुर दुन्द्रा कटुकी र गरुवागाउँ– लेटार सडक संघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका हुन ।

संघीय सरकारले लगानीमा सडक पूर्वाधार योजनाहरु अहिले घोराही उपहानगरपालिका भित्र भाइरल बनेका छन् । तर स्थानीय सरकारको लगानीमा निर्माण हुन लागिरहेका सडक पूर्वाधारहरु अलपत्र परेका छन् । घोराही बजारको मुख्य चोक दामोदर चोकदेखि आर्मी ब्यारेक जोडिने सडक निर्माण सुरु भएको धेरै समय भइसकेको छ । तर सडक निर्माणको काम अलपत्र छ । जसका कारण सर्वसाधारण र स्थानीय व्यावसायीहरु सडकको हिलोधुलो शिकार बन्नु परिरहेको छ ।

स्थानीय व्यावसायी थमराज जिसीले भन्नुभयो–‘ उपहानगरपालिकाले भाइरल रोड बनायौैं भन्छन, बजारकै सडक बनाउन नसक्ने उपमहानगरले कहाँ गएर भाइरल रोड बनाए ? मुख्य बजारकै सडकको अवस्था यस्तो छ । करोडौको सडक बनाउन सरकारले हजार लाख सडक बनाउन किन सक्दैन ? ’ उपमहानगरपालिकाले काम नगरी कुरा प्रचार धेरै गर्दा उपमहानगरवासी प्रति अन्याय गरेको उहाँले सुनाउनुभयो । बजारक्षेत्रको सडक निर्माणको काम अलपत्र पर्दा बजारवासीले धेरै समस्या भागी रहेकाले सडक निर्माणको काम मध्यनगर गर्न सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।

‘हामी भष्ट्रचार मुक्त घोराही बनाउछौ’ सत्ता र शक्तिको आडमा घोराही उपहानगरपालिका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले चरम आर्थिक हिनामिना गरेकाले गठबन्धनका जनप्रतिनिधिहरुले भष्ट्राचार विरुद्धको शुन्य सहनसिलता अपनाउदै भष्ट्राचार मुक्त घोराही निर्माण र जनतामुखी उपमहानगरपालिका निर्माण गर्ने गठबन्धनका उम्मेद्वारहरुले मतदाताहरु समक्ष प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावीसभा तथा प्रचारप्रसारका क्रममा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सम्पन्न बिहिवार पुगेका गठबन्धनका मेयर पदका उम्मेद्वार हेमराज शर्मा र उपमेयर भुपबहादुर डाँगीले यस्तो बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*