Home / Feature Breaking news / ‘पाँच बर्ष काम नगर्ने, निर्वाचनको मुखमा हेमपाइप बाड्नेलाई भोट नदिऔं’

‘पाँच बर्ष काम नगर्ने, निर्वाचनको मुखमा हेमपाइप बाड्नेलाई भोट नदिऔं’

दाङ,२२ बैशाख । पाँच बर्ष काम नगर्ने र निर्वाचनका मुखमा विकासको नाटक गर्नेलार्ई भोट नदिन गठबन्धनका नेताहरुले आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोराही उपमहानगरपालिका वडा नं. ७ घुस्रालगायतका विभिन्न ठाउँमा नेकपा एमालेबाट हेमपाइप बाडिएपछि गठबन्धनका नेताहरुले त्यसको विरोध गरेका हुन ।

संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ को भैसकुर्मा, वडा नं. २ को बालापुर, वडा नं. १७ को कर्जाही, वडा नं. १५ को रतनपुरलगायतका विभिन्न ठाउँमा भएका चुनावी कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले नगरको विकास र समृद्धिका लागि गठबन्धन सक्षम रहेको भन्दै बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचनमा भोट दिन आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिका मेयरका उम्मेदवार हेमराज शर्मा पोख्रेलले निर्वाचनको मुखमा हेमपाइप बाडेर भ्रष्टाचारको जग बसाल्न सुरु गरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रुपमा निर्वाचित भएको पाँच बर्षसम्म गर्न नसकेको काम अहिले रातारात हुन थालेको भन्दै उनले रातारात हुने काम भ्रष्टाचार र अनियमिता बाहेक अरु हुन नसक्ने बताए ।

उनले विकास गर्नका लागि पाँच बर्षको धेरै भएपनि काम नगर्न ग्रामीण क्षेत्रका जनताले विकासको अनुभुति गर्न नपाएको बताएका थिए । यो पाँच बर्षको अवधिमा राम्रोसँग काम गरेको भए अहिले रातारात विकासका नाममा जनतालाई झुक्ने खेल गर्न नपर्ने बताए । साथै उनले नगरको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गठबन्धनले जिते उपमहानगरपालिकाको समग्र विकाससँगै सुशासन, आर्थिक पारदर्शी र जनताका भावनालाई बुझेर आवश्यकता अनुसार विकासका कामहरु गरिने बताए ।

त्यसैगरी घोराहीमा उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार भुपबहादुर डाँगीले पाँच बर्ष विकास नगर्नेले निर्वाचनको मुख हेमपाइप बाँड्न थालेको बताएका छन् । वितेको पाँच बर्ष विकासका कामहरु गर्न नसकेपछि अहिले निर्वाचनको मुखमा राता हेमपाइप बाड्नेदेखि सडक कालोपत्रे गर्ने काम भैरहेको बताए ।

संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ को भैसकुर्मा, वडा नं. २ को बालापुर, वडा नं. १७ को कर्जाही, वडा नं. १५ को रतनपुरलगायतमा भएका चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयरका उम्मेदवार डाँगीले निर्वाचनको मुखमा जनतालाई झुक्याउने विकास नगर्न समेत आग्रह गरे ।

ाँच वर्ष बिकास नगर्ने एमाले उम्मेदवारले निर्वाचनका मुखमा बिकासको नाममा जनता झुक्याउने गरि हेम्पाइप बितरण नगर्न चेतावनी दिएका हुन् । पाँच वर्ष जनताको काम नगरी भष्टाचार,अनियमिता गर्ने र आफ्ना कार्यकर्ता मोटाउने काम गर्नेले अहिले हेम्पाइप र बिधुत पोल बाडेर बिकासको नाटक गरेको आरोप लगाएका हुन् ।

साथै उनले गठबन्धनलाई चुनावमा जिताउन आग्रह गर्दै आफुले जिते नगरको समृद्धिका योजनाबद्ध रुपमा बिकास गर्ने बताए । उनले बिकासका नाम जनतालाई विभेद गर्ने र उपमहानगरपालिकामा भ्रष्टाचार, अनियमितलगायतका काम गर्नेलाई निर्वाचनमा दण्डित गर्न भनेका छन् । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अहिलेको आवश्यकता गठबन्धन भएको भन्दै गठबन्धनका पक्षमा मतदान गर्न जनतालाई आग्रह गरेका थिए ।

उनीहरुले घोराही उपमहानगरपालिकाको भौतिक पूर्वाधरसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रको विकाससँगै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्ने बताएका थिए ।

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्दीय सदस्य कृष्णकिशोर घिमिरे, माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा, राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटा, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम, प्रदेश सभा सदस्य दामा शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु घर्तीमगर, वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार माधव चौधरी, वडा नं. १७ का वडा अध्यक्षका पदम केसी, वडा नं. १५ का उम्मेदवार रमेश पाण्डेयलगा, स्थानीय बाशु पाण्डेय, लक्ष्मण चौधरीलगायतका स्थानीयले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*