घोराही, २० बैशाख ।
नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा सहितका दलहरुको गठबन्धनका नेताहरु आ–आफ्नो वडामा खट्न अनुरोध गरेको छ । गठबन्धनको घोराहीमा बसेको बैठकले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेद्वारहरुलाई जिताउनकालागी आ–आफ्नो वडामा खट्न सम्पूर्ण नेताहरुलाई अनुरोध गरेको हो ।
घोराही उपमहानगरपालिका निर्वाचन परिचालन मूल समितिको बैठकले उपमहानगरपालिकामा गठबन्धनबाट उमेद्वार रहेका मेयर, उपमेयर लगायत १९ वटै वडाका वडाध्यक्ष एवं वडा सदस्यहरुलाई बिजयी बनाउनकालागी सम्पूर्ण नेताहरु आफ्नो कर्तव्य र दायित्व सम्झेर लाग्न अनुरोध गरेको हो ।
समितिका संयोजक भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले वडाका शिर्ष नेतृत्वको सहभागितामा प्रभावकारी रुपमा घरदैलो गर्ने, मतदाता शिक्षालाई घरघरमा पु¥याउने निर्णय गरेको छ ।
यस्तै यही बैशाख २४ गते शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा हुने आमसभाको व्यवस्थापन घोराही उपमहानगरपालिका स्तरिय नेपाली कांग्रेस र नेकप माओवादी केन्द्र नगर समितिले गर्ने निर्णय गरेको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ औँ वटै वडाबाट उल्लेख्य सहभागिता गराउने र जसकालकालागी नगर तथा वडा स्तरिय समितिहरु परिचालन भई कार्यक्रम भव्य एवं सभ्य बनाउने निर्णय गरेको छ ।
RaptiSandesh RaptiSandesh