Home / Feature Breaking news / तोकिए निर्वाचन अधिकृत,को कहाँ ?

तोकिए निर्वाचन अधिकृत,को कहाँ ?

काठमाडौं,१३ चैत । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

निर्वाचन आयोगले दाङका दश स्थानीय तहमा तोकेका निर्वाचन अधिकृतहरु यस प्रकारका रहेका छन् । जसमा घोराही उपमहानगरपालिकामा रितेन्द्र थापा,तुलसीपुर उपमहानगरपालिकामा राजेश्वर अर्याल, लमही नगरपालिकामा मानबहादुर बिष्ट, राप्ती गाउँपालिकामा दीपेन्द्र ढकाल, गढवा गाउँपालिकामा मोहन सुवेदी, राजपुर गाउँपालिकामा बसन्तराज पुरी, बंगलाचुली गाउँपलिकामा हिरण्यप्रसाद भण्डारी, शान्तिनगर गाउँपालिकामा शालिकराम ढकाल, दंगीशरण गाउँपलिकामा देवराज भारती र बबई गाउँपालिकामा दिनेश अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*