Home / समाचार / घोराही ८ मा कांग्रेसको शुभकामना आदानप्रदान

घोराही ८ मा कांग्रेसको शुभकामना आदानप्रदान

घोराही, २४ असोज
हिन्दुहरुको महान् पर्व बिजयादशमीको अवसरमा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर् ८ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा समितिको आयोजनामा आईतवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । वडा ईकाई सभापति कुलप्रसाद रजौरे(श्रवण)को अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्य र राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाको विशिष्टठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कांग्रेसलाई बलियो बनाउन वडा तहमा संगठीत भएर लाग्न सम्पूर्णमा अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव शंकर डाँगी, महाधिवेशन प्रतिनीधी भरतबहादुर न्यौपाने, महासमिति सदस्य धनिराम शर्मा, पूर्व महाधिवेशन प्रतिनीधी हरि रजौरिया, जिल्ला सदस्य भिमप्रकाश खड्का, बालिका लम्साल, क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, क्षेत्र नम्बर २ (ख)का सभापति कमल गौतम, घोराही नगर सभापति तिलक रावत, महिला संघ दाङ क्षेत्र नम्बर २ का सभापति जानका केसी, नेपाली कांग्रेस साविक त्रिपर सभापति दिपक पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत, नेकपा माओवादी केन्द्र पिताम्बर वली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा ईकाई उपसभापति मेघराज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव आदेश वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*