Home / Feature Breaking news /  मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार संस्कृतिविद डा आचार्यलाई

 मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार संस्कृतिविद डा आचार्यलाई

दाङ,२५ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार गायक, संगीतकार तथा लोक संस्कृतिविद डा गोबिन्द आचार्यलाई प्रदान गरिएको छ ।

प्रतिष्ठान दाङ शाखाले सोमबार घोराहीमा रहेको स्वर्गीय श्रेष्ठको निवासमा कार्यक्रमको आयोजना गरि उनको नाममा स्थापना भएको ‘मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार’ लामो समयदेखि लोक गीतसंगीतको क्षेत्रमा लेखन, गायन तथा अनुसन्धानमा सक्रिय लोक संस्कृतिबिद समेत रहेका गायक तथा संगीतकार आचार्यलाई पहिलो पटक पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा पुरस्कार वरिष्ठ संगीतकार गोविन्द्रराज श्रेष्ठ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, श्रेष्ठकी धर्मपत्नी मेनुकादेबी श्रेष्ठलगायतले प्रमाणपत्रसहित नगद ५ हजार एक सय ५ रुपैया पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा वरिष्ठ संगीतकार गोविन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यता एव राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय श्रेष्ठले नेपाली लोक गीत तथा लेखनका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा सस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका सस्थापक अध्यक्ष प्रेमप्रकाश मल्ल, प्रतिष्ठानका सल्लाहकार कमला लम्साल भारती,पुरस्कृत व्यक्तित्व डा.गोविन्द आचार्य, स्वर्गीय मधुराप्रसाद श्रेष्ठका छोरा दिलीप श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । पुरस्कृत व्यक्तित्वका बारेमा प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकरीले जानकारी गराएका थिए ।

प्रतिष्ठानका कार्यसमिति सदस्य काशीराम केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कोषाध्यक्षमा प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानमा स्वर्गीय श्रेष्ठको परिवारले एक लाख रुपैया राशीको पुरस्कार स्थापना गरेकी हुन । यो पुरस्कार राशीलाई बर्षेनी बढाउँदै लग्ने परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*