Home / Feature Breaking news / नारायणपुर महोत्सवमा प्रमोद खरेल धमाका, शनिवार रामजी खाँड

नारायणपुर महोत्सवमा प्रमोद खरेल धमाका, शनिवार रामजी खाँड

नारायणपुर, १९ माघ
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा म्ँघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् ।

खरेलको उत्कृष्ट प्रस्तुतिले शुक्रवार नारायणपुर महोत्सवमा उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । उनको प्रस्तुतिमा युवाहरु झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । अपराह्न ५ बजेतिर प्रस्तुति राख्न सुरु गरेका प्रमोदले १ घण्टासम्म आफ्नो प्रस्तुति राखेका थिए ।

‘म विना कसैकसैलाई मुस्कील छ पोखरामा’ बोलको गीतबाट गायकी सुरु सुरु गरेका प्रमोदले ‘चल बतास चलचल् अझै बेगले चल, ओए झुमा ओए झुमा झुमा झुम्कावाली, लाईदेउ न मायाले, हाँसिदेउ न माया खोलेर दन्ते लहर’ बोलको गीत उनले प्रस्तुत गरेका थिए ।

IMG_6690

अहिलेका चर्चीत गायक प्रमोदको प्रस्तुतिमा दर्शकहरु छमछमी नाचेका थिए । खचाखच भरिउको नारायणपुर महोत्सवमा स्टेच तताउन खप्पीस गायक प्रमोदले स्रोता एवं दर्शकहरुको रोजाईका गीतहरु गाएका थिए । महोत्सवमा शुक्रवार मोडल विनु खड्काले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिईन् ।

IMG_6737

महोत्सवमा शनिवार लोक तथा दोहोरी क्षेत्रका लोकप्रीय एवंं चर्चीत गायक रामजी खाँडको प्रस्तुति रहने छ । शनिवार रामजीसँगै गायीका तथा मोडल प्रीति आले सहितका चर्चीत कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा विहीवारसम्म हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेको महोत्सव आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*