घोराही, ४ साउन
रेडपाण्डाको छालासहित प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धीत बन्यजन्तु रेडपाण्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आईतवार घोराही उपमहानगरपालिका ११ खैरामा प्रतिबन्धीत बन्यजन्तु रेडपाण्डाको छालाको व्यापार भईरहेको भन्ने विशेष सुचनाको आाधारमा पुगेको प्रहरीले छत्रेश्वरी गाँउपालिका १ दमाचौरका ३२ वर्षीय लोकमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
नंग्रासहित रहेको छाला ३ फिट ३ लम्बाई र छातिको भागको चौडाई ८ ईञ्च रहेको रिजालले जानकारी दिनुभयो । पक्राउ परेका सुनारको साथबाट रा ४ प ९८५० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएकोप्रहरीले जानकारी दिएको छ ।