घाेराही, १८ वैशाख
सामाजिक क्षेत्रमा क्रियाशील त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा गर्दै आएकाे खाद्यान्न सहयाेग कार्यलाई तीव्र बनाएकाे छ ।
जेसीजले घाेराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेकाे घाेडदाैरा टाेल विकास संस्थामा खाद्यान्य सहयाेग गरेकाे छ ।
जेसीजले टाेलमा रहेका २० घरकालागी चामल, चना, तेल, नुन र साबुन सहयाेग गरेकाे छ । विहीवार जेसीजले घाेरदाैरामै पुगेर ४ सय चामल, २० किलाे चना, २० प्याकेट तेल, २० प्याकेज नुन र २० वटा साबुन सहयाेग गरेकाे त्रिभुवन नगर जेसीजका महासचिव मिनराज भाटले जानकारी दिनुभयाे ।
जेसीजले सहयाेगकाे कार्यलाई निरन्तर अगाडि बढाईने महासचिव भाटले जानकारी दिनुभयाे ।