कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ।
सिमकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी वीरमता शाहीले मङ्गलबार जन्माएकी जुम्ल्याहा छोरा र छोरीको नाम कोरोना र भाइरस राखिएका प्रसुति गृहकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।
‘पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ’, उनले भनिन्, ‘जुम्ल्याहा बच्चाको आमा वीरमति शाही र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पतालको पुर्जामै सो नाम राखिदिएका हौँ।’
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी बोहराका अनुसार जन्मिदा कोरोनाको तौल दुई किलो पाँच सय ग्राम र भाइरसको तौल एक हजार सात सय ग्राम भएको बताइन्। जिल्ला स्वास्थ्य कार्यालयको प्रसुति गृहमा आमा र बच्चा रहेका छन्। उनीहरूको स्वास्थ्य सामान्य रहेको अनमी बोहराको भनाइ छ।
कोरोना भाइरसले विश्वभर महामारी फैलाएका बेला उनीहरूको जन्म भएपछि यस्तो नाम राख्न आमा बुबा राजी भएको स्वास्थ्यकर्मीको भनाइ छ।
RaptiSandesh RaptiSandesh