काठमाडाैं, ९ चैत
सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए।
सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय पनि गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय पनि गरिएको छ।
RaptiSandesh RaptiSandesh