घोराही, १० चैत
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नकालागि दाङका बजारहरु बन्द भएका छन् । घोराही, तुलसीपुर र नारायणपुर बजारहरु सोमवारदेखी अर्को सुचना जारी नभएसम्मकालागि पसलहरु बन्द हुने भएका हुन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ र नारायणपुर उद्योग वाणिज्य संघको सोमवार विहान बसेको आआफ्नो बैठकले पसलहरु बन्द गर्ने निर्णग गरेका हुन् । अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताउनुभयो ।
‘अर्को सुचना नभएसम्मकालागि अत्यावश्यक (जस्तैः औषधी, खानेपानी, खाद्यान्य, ग्याँस लगायतका व्यापार व्यवसाय) बाहेकका सम्पूर्ण पसलहरु बन्द गर्न व्यवसायी साथीहरुलाई अनुरोध गरेका छौँ’ अध्यक्ष भुषालले भन्नुभयो ‘यदी अन्य वस्तुहरुको आवश्यकता भयो भनृ उद्योग वाणिज्य संघको सम्पर्कमा आउन सम्पूर्णमा अनुरोध गर्दछु । हामी आवश्यकता अनुसार बस्तुगत समितिहरुसँग समन्वय गरेर पसलहरु खोलेर सामान पु¥याउन पहल गछौँ ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघको सोमवारको बैठकले दुई लाख रुपैयाको राहत कोक्ष पनि स्थापना गरेको छ । यस्तै घोराहीका पाँच स्थानमा सेनिटाईजर सहित साबुन पानीले हात धुने व्यवश्था गर्ने भएको छ ।
नारायणपुर उद्योग वणिज्य संघले पनि आफ्नो क्षेत्रभित्रका पसलहरु बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सोमवार विहान बसेको बैठकले अत्यावश्यकबाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।
यस्तै तुलसीपुर उद्योग वणिज्य संघले पनि अत्यावश्यकबाहेकमा सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको छ । अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा सोमवार विहान बसेको बैठकले पसलहरु बस्न गर्ने निर्णय गरेको हो । तुलसीपुर उद्योग वणिज्य संघले एक लाखको राहत कोष स्थापना पनि गरेको छ ।
सोमवारदेखी देउखुरीको लमही र भालुवाङ बजार पनि अधिकांश रुपमा बन्द रहेका छन् ।