दाङ, ५ कार्तिक
वात्स्यायन बोडिङ स्कूल नारायणपुरका विद्यार्थीहरुले कृषी फर्मको अवलोकन गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ अर्घुमा रहेको कृषी खेतिको विद्यार्थीहरुले अनुगमन गरेका हुन् ।
पेशा व्यापार र प्रविधी विषय अध्ययन गर्ने कक्षा ८ का विद्यार्थीहरु अर्घुमा रहेको नमूना पर्यावरणीय कृषी फर्मको अवलोकन गरेका थिए । फर्ममा टमाटरको बीउ उत्पादन गर्ने तरिका र बिउ उत्पादन गर्ने प्रविधीको बारेमा अवलोकन गराईएको थियो ।
त्यस अवसरमा फर्मका सञ्चालक पुष्पराज तिवारीले एचआरडी १७ र एचआरडि १ जातिको बिउको मीश्रणबाट श्रृजना नामक टमाटरको हाईब्रेड बिउ उत्पादन गर्ने गरेको जानकारी दिए ।
दुई बिघा जग्गामा गरिएको कृषी फर्ममा टमाटरको बिउमात्र उत्पादन हुने गरेको तिवारीले विद्यार्थीहरुलाई जानकारी दिएका थिए । ८१ लाखको लगानीमा सुरु गरिएको फर्मबाट उत्पादन भएको बिउ पोखरा र सुर्खेमा पठाउने गरिएको छ ।
विस २०७२ सालबाट सुरु भएको कृषी फर्मकालागी रिजम परियोजनाले सहयोग गरेको उनले जानकारी दिए । कृषी फर्ममा ६४ वटा टलेलहरु बनाएपनि हाल ३३ वटाबाट उत्पादन गरिरहेको शिक्षक एन.वि.विकाशले जानकारी दिए ।
फर्ममा एक दिनमा ८ घण्टाको समय दिनुपर्ने, पर्याप्त सिचाई हुनुपर्ने, दैनिक सिचाई थोपा सिचाई गर्नेुपर्ने फर्म सञ्चालकले विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
त्यस अवसरमा विद्यार्थीहरुले बिउ उत्पादन, बिउ मिश्रणबाट तयार पारिने हाईब्रेट बिउ उत्पादनको तरिका प्रविधी लगायतका विषयमा जिज्ञासा राखेका थिए । कृषी फर्म अवलोकनबाट कृषी र प्रविधीसम्वन्धी धेरै जानकारी भएको विद्यार्थीहरुले बताएका थिए ।
‘यहाँ आएर कृषी फर्म र बिउ उत्पादन सम्बन्धी धेरै जानकारी भयो’ छात्रा अनुष्का डिसीले भनिन्– ‘बिउ–बिउको मिश्रणबाट हाईब्रेड बिउ उत्पादन हुने नयाँ तरिका थाहा भयो ।’
अवलोकनमा विद्यालयका विषयगत शिक्षक एन.वि.विकाश, शिक्षक राजन लामीछानेको पनि सहभागिता रहेको थियो ।