Home / समाचार / यातयातमा दुई महिनामा ४ करोड भन्दा बढी राजश्व सकंलन

यातयातमा दुई महिनामा ४ करोड भन्दा बढी राजश्व सकंलन

यमकला भुसाल
दाङ, १ कार्तिक
यातायात व्यवस्था कार्यालय राप्तीले चालु आर्थिक बर्षको सुरुको दुई महिनामा ४ करोड रुपैंया भन्दा बढी राजश्व सकंलन गरेको छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ को साउन र भदौ महिनामा ४ करोड १२ लाख ४७ हजार ४८ रुपैया राजश्व सकंलन भएको यातयात व्यवस्था कार्यालयका निमित्त प्रमुख यामबहादुर बुढाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सवारी करबाट २ करोड ९४ लाख ६४ हजार ४ सय ६ रुपैया, सेवा शुल्कबाट ८५ लाख ५१ हजार ९ सय ७५ रुपैया,सडक सुधारबाट ५ लाख ८८ हजार ५ सय ६६ रुपैया र बाटो इजाजतबाट २६ लाख ४२ हजार १ सय रुपैया राजश्व सकंलन भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*