Home / Feature Breaking news / लुम्विनी प्रदेशको राजधानीको प्रारम्भिक खाका तयार

लुम्विनी प्रदेशको राजधानीको प्रारम्भिक खाका तयार

दाङ, १५ साउन । लुम्विनी प्रदेशको राजधानीका लागि प्राम्भिक खाका तयार भएको छ । प्रदेश पुर्वाधार प्राधिकरणले लुम्विनी प्रदेशको स्थायी राजधानीमा प्रदेशको संरचना निर्माणका लागि प्रारम्भिक खाका तयार गरेको हो ।

प्रदेशको व्यवस्थीत राजधानीका लागि प्रारम्भिक खाका तयार गरेको प्रदेश पूर्वाधार प्राधिकरणले विहिवार भालुवाङमा सरोकारवालाको सहभागितामा खाका प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी सहरको खाका तयार गरिरहको सितारा ईकोकोड, टेक्नोक्रयाट जेभीका पराशर्मदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थीत सहरका लागि नागरिकको सल्लाह आवश्यक रहेको बताएका थिए ।

उनले निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तराष्ट्रिय निती, नियमको परिधिमा रहेको सुहाउदो सहर निर्माणका लागि सम्वन्धित निकायलाई सिफारिस गरिने बताए । सहभागीबाट यस क्षेत्रको सवल र दुर्वलपक्ष, अवसर र चुनौतिको बारेमा छलफल चलाउदै आगामी राप्ती उपत्यका राजधानी सहरको परिकल्पना समेत गरिएको कार्यक्रममा राजधानी शहर परामर्शदाताका तर्फवाट शहरी योजनाकार कुमार धमला, यातायात योजनाकार डा. प्रदिप श्रेष्ठ, अर्धविद् कुमार भट्टराई, आर्किटेक सुरेन्द्र लुईटेलले राजधानी शहरको सम्भावित खाका बारेमा जानकारी गराएका थिए ।

शहरी योजनाकार कुमार धमलाले लुम्विनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकाले राजधानी सहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताए । कार्यक्रममा सहरको खामामा थप गर्नुपर्ने योजनासहित स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, वातावरणीय क्षेत्रलाई नविगार्ने गरी प्रदेश राजधानी स्थापना गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख धुब्र मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सुशीला चौधरी, राष्ट्रिय जनमोर्चाका नेता तथा पूर्व सांसद रश्मीराज नेपाली, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवलगायतले नयाँमा स्थापना गरिएको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने गरी योजना बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । प्रदेशको स्थायी राजधानीमा व्यवस्थीत सहरका लागि गुरुयोजना निर्माणकै रहेका समयमा अस्थायी केन्द्र बुटवलबाट मन्त्रालयहरु स्थायी राजधानी भालुवाङमा मन्त्रालय आउने क्रम सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*